कोरोना त्रास : गुल्मी ‘लक डाउन’

0
509

चैत १०,२०७६ गुल्मी  : जिल्ला प्रशासन कार्यालय गुल्मीले विश्वमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राती १२ बजेबाट लागु हुने गरि ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार पौडेलले यो निर्णय अगाडी स्थानीय तहसंगै सर्वदलीय सर्वपक्षीय परामर्श गरेका थिए । जिल्लामा प्रवेश गर्ने खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, इन्धन, औषधी बोक्ने मालबाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले अर्को सूचना नभएसम्मको लागि यो निर्णय कार्यान्वयन गर्न सम्पूर्णलाई जिल्ला सुरक्षा समितिले आग्रह गरेको छ ।
मालबहाक गाडीको हकमा पनि चालक र सहयोगी मात्र हुनु पर्नेछ । उनीहरुलाई पनि हेल्थ डेक्समा अनिबार्य चेकजाँच गर्ने र आवश्यक परे क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए । औषधि र पेट्रोलपम्प २४ सैं घण्टा खुला रहनेछन् । इन्धन, दाल, चामल, तेल, नुन, दुध ,डेरी, तरकारी तथा फलफुल पसल बाहेक सवै पसलहरुको बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

SHARE