सीमा नाकामा सुरक्षा निकायलाई केन्द्रित रहन गृहको निर्देशन

0
326

चैत १०, २०७६ काठमाडौं  : गृह मन्त्रालयले छिमेकी मुलुक भारतसँग सीमा जोडिएको नाकामा सुरक्षा व्यवस्थालाई कडाइ गर्ने निर्देशन दिएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नेपालसँग सीमा जोडिएको सबै नाका बन्द गर्ने निर्णय गरेका थियो। सोहीअनुरूप मन्त्रालयले सीमा नाकामा कडाइ गर्ने निर्देशन दिएको हो।

सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउनको लागि सुरक्षा निकायलाई सीमा नाकामा केन्द्रित रहन आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले आजबाट सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमानाका केन्द्रित हुन आग्रह गरेका छ। सरकारले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते राष्ट्रको नाममा गर्दै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान र अवतरण, शैक्षिक संस्थादेखि लामो दूरीमा चल्ने सार्वजनिक यातायातसमेत रोक लगाइसकेको थियो। आइतबार बसेको प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रपरिषदको बैठकले एक हप्तासम्म उत्तर र दक्षिणका नाकाहरूमा आवागमन बन्द गर्ने निर्णय गरेको थियो। मानिस आवतजावतमा रोक लगाएको भए पनि ढुवानी सुचारु गर्ने निर्णय गरेको छ। मानिसहरुको आवतजावतका लागि सीमा नाकामा नेपाल भारत दुवैले बन्द गरेका छन्।

साथै, अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालयहरूसमेत बन्द गरिसकेको छ। सरकारले नागरिकहरू सकेसम्म घर बाहिर निस्कन र भिडमा नजानसमेत आग्रहसमेत गरिसकेको छ। यस्तै, कोरोना रोकथामको लागि ५० करोडको कोष स्थापनासमेत स्थापना गरेका छ। खाद्यान्‍न, औषधि र अत्यावश्यक वस्तुको पर्याप्त भण्डारण र आपूर्तिको व्यवस्था गर्न जिम्मेवारी निर्धारणसमेत निर्णधारण गरेको छ। थाहाबाट

SHARE