फागुन ११ गतेदेखि प्रमुख जिल्ला अधिकारी विहिन गुल्मी जिल्ला

0
641

तिलाचन पाण्डे
चैत ४,२०७६ गुल्मी  : जिल्ला प्रशासन कार्यलय गुल्मी फागुन ११ गतेदेखि  प्रमुख जिल्ला अधिकारी विहिन भएको छ ।
फागुन महिनाको ११ गते देखि निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब पन्थी को भरमा जिल्ला प्रशासन कार्यलय गुल्मी चलेको छ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी नहुँदा प्रमुख जिल्ला अधिकारी बिना नहुँने कार्यहरु मुद्धाहरु हेर्ने , पेशी तोक्ने ,मुद्धाहरुको फैसला गर्ने , पेन्सन सम्बन्धी प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने प्रमाणीतका कार्यहरु , नागरिकता संसोधन , बिपत संम्बन्धी राहत बितरण , शान्ती सुरक्षाका कार्यहरु र जिल्ला प्रशासन कार्यलय गुल्मीबाट हुने आर्थिक कामहरु समेत प्रभाबित भएका छन् ।
अभद्र ब्यबहारको पेशी समेत हट्यो
जिल्ला प्रशासन कार्यलय गुल्मीमा २९ गते बिहिबारका लागि तोकिएको अभद्ध्र ब्यबहारको पेशी समेत रोकिएको जिल्ला प्रशासन कार्यलय गुल्मीका मुद्धा फाँटका प्रमुख जयश्वर पन्थीले जानकारी दिए । २९ गते बिहिबारका लागि तोकिएको पेशी प्रमुख जिल्ला अधिकारी नभएका कारण हटाइएको पन्थीले जानकारी दिए ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला सह सचिब पदमा बढुवा भएपश्चात उहाँ नियुक्ति बुझन गए संगै र जिल्ला प्रशासन कार्यलय गुल्मीमा पदस्थापना कसैको नहुँदा प्रमुख जिल्ला अधिकारीले गर्ने काम प्रभाबित भएका छन् ।
नियमित सेवा दिइरहेका छौ  : सूचना अधिकृत पाण्डे
यता जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले दैनिक रुपमा गरिरहने काम काजहरु भइरहेको जानकारी दिदँै प्रमुख जिल्ला अधिकारीले गर्ने कार्यहरु बाहेक अन्य कामहरु सहज रुपमा सेवा ग्राहीहरुलाई सेवा दिइरहेको दाबी गरेका छन् ।

अभिभाबक नहुँदा जिल्लामा समस्या  :नागरिक समाज
जिल्लाको अभिभाबक अर्थात प्रमुख जिल्लामा नहुँदा दैनिक रुपमा शान्ती सुरक्षा संगै सु ः शासन , बिकास निर्माणका कार्यमा हुने अनुगमन निर्देशन लगायत प्रमुख जिल्ला अधिकारीले गर्ने कामहरु रोकिएको र सेवा ग्राहीहरुले समस्या झेल्नु परेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए । प्रमुख जिल्ला अधिकारीले गर्ने कार्यहरुमा निमित्तले जोखीम मोलेर निर्णय गर्न पनि नसक्ने र शान्ती सुरक्षा लगायतमा निर्णय लिन नसक्ने भएकाले यस समयमा आगोलागी , भैपरी लगायतका बिपदका घटनाहरु आइपर्न सक्ने र निमित्तले निर्णय लिन नसक्ने भएको भन्दै लामो समयसम्म प्रमुख जिल्ला अधिकारी विहिन जिल्ला हुनु दुःखद भएको पाण्डेले बताए ।

यता गृह मन्त्रालयले भरतकुमार शर्मालाई प्रमुख जिल्ला अधिकारीको रुपमा आईतबार २ गतेको निर्णय अनुसार पठाए पनि उनी मंगलबार सम्म जिल्लामा आएका छैनन् । उनी बुधबार जिल्लामा हाजिर हुन सक्ने स्रोतले जनाएको छ ।

SHARE