सीमा बिबाद समाधान : बार्ताका लागि मिति तोक्न कुटनीतिक पहल जारी : मन्त्री ज्ञवाली

0
501

तिलाचन पाण्डे
चैत १,२०७६ गुल्मी  : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारत सम्बन्धी सीमा बिबाद समस्या समाधानका लागि बार्ताको मिति तोक्न कुटनीतिक तबरबाट पहल भइरहेको बताएका छन् ।
गृह जिल्ला गुल्मीमा नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान कार्यक्रममको रुरुक्षेत्रबाट उद्घाटन गर्दै मन्त्री ज्ञवालीले भारतले एकलौटी रुपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्सा नेपालका लागि मान्य नभएको भन्दै कुटनीतिक तबरबाट सीमा समस्या हल गर्नका लागि बार्ताको माध्यमबाट समाधान गर्न मिति तत्कालै तोक्ने गरी तयारी भएको बताए । पछिल्लो समयमा देशको सीमा सम्बन्धी बिबाद समाधान गर्नका लागि भारत तयार भएकाले बार्ताबाट सीमा समस्या समाधान हुने मन्त्री ज्ञवालीले दाबी गरे ।
नेपाल सरकारले पठाएको पत्रको जवाफमा भारतले सीमा सम्बन्धी बिबाद रहेको र त्यसलाई बार्ताबाट समाधान गर्न भारत तयार भएकाले सीमा सम्बन्धी बिबाद बार्ताबाट समाधान हुने दाबी गरे ।
मन्त्री ज्ञवालीले बिभिन्न राजनीतिक आडमा वा सत्ताको आडमा जो कोहीले गल्ती गरेपनि नछाडने बताए । सत्ता र शक्तिको जो कोहीले पनि दूरुपयोग गरे कानुन अनुसार कारवाही हुने र जसले गल्ती गर्छ त्यसको भागेदार आफै हुने पनि बताए ।
यस्तै मन्त्री ज्ञवालीले नेपालले अब कहिलै नाका बन्दी भोग्न नपर्ने बताउनुभयो । मन्त्री ज्ञवालीले छिमेकी राष्ट्रहरुसंग सम्बन्ध राम्रो भएको भन्दै आगामी पुस्ताले कहिलै नाकाबन्दी भोग्न नपर्ने दाबी समेत गरे ।
नेपालमा पछिल्लो समयमा भ्रष्टाचारीहरु भ्रष्टाचार गर्न नपाएर अतालिएको दाबी गर्नुभयो । मन्त्री ज्ञवालीले नेपालमा अब बिधिको शासन चलेकाले भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरुलाई पानीमुनी गए पनि सरकारले नछाड्ने दाबी गरे ।
पछिल्लो समयमा बिभिन्न बाहाना बनाई समयमै निर्माण नसक्ने निर्माण ब्यबसायीहरुलाई बाहाना बनाउने दिन सकिएको दाबी गरे । उनले निर्माणमा लापरबाही गर्ने र गुणस्तरमा कमी ल्याउने आधिकार नभएको भन्दै निर्माणमा लापरबाही गर्ने कसैलाई पनि नेपाल सरकारले नछाड्ने दाबी गरे ।
अभियानले पार्टी एकता भएसंगै गाउँ स्तरसम्म एकता भाब दिने ,सरकारले गरेका कामहरुको बारेमा जनस्तरसम्म पुर्याउने र पार्टीलाई मजबुद बनाउने बिश्वास समेत लिइएको छ ।

SHARE