भबन निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन

0
737
निर्माणधिन स्वास्थ्यचौकीको भबन अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
फागुन ३०,२०७६ गुल्मी  :  गुल्मीमा भबन निर्माणको कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन भएका छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं पाँच ग्वाघामा स्वास्थ्य चौकीको निर्माणधिन भबन अलपत्र पारेर निर्माण ब्यबसायी सम्पर्क बिहिन बनेका हुन् । । २०७५ साल चैत ५ गते कर्मा कन्ट्रक्सन प्रालि काठमाण्डौ र संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देही बिच एक करोड ६१ लाख ४४ हजार ७३८ रुपैयाँमा भबन निर्माण कार्य गर्ने र २०७७ साल असोज १९ गते निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको र हाल आएर भबनको निर्माण कार्यललाई अलपत्र पारी ठेकेदार सम्पर्क विहिन भएको संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देहीले जनाएको छ ।

सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशन

संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेका अनुसार सो भबन निर्माण ब्यबसायी सम्पर्कमा नआएको कार्यलयको तर्फबाट पटक पटक पत्रचार गर्दा पनि सम्पर्कमा नआएपछि सार्वजनिक सूचना नै प्रकाशित गरिएको बताए । कार्यलयको तर्फबाट पटक पटक मौखिक जानकारी र पत्रचार गर्दा सम्म निर्माण ब्यबसायी सम्पर्कमा नआएपछि यहि चैत १६ गते सार्वजनिक सूचना प्रकाशन गर्न आफू बाध्य भएको र सम्झौता बमोजिम यथाशिघ्र कार्य संचालन गर्नका लागि सूचना प्रकाशन गरिएको बताए ।
सम्पर्कमा नआए कानुन अनुसार कारबाही गछौ  : पाण्डे
यसरी सार्वजनिक रुपमा सूचना प्रकाशन गर्दा समेत सम्पर्कमा नआए निर्माण ब्यबसायीलाई कानुन अनुसारको कारवाही गर्नेे आयोजना प्रमूख पाण्डेले दाबी गरे । निर्माण कार्यमा लापरवाही गर्ने र समयमै काम नगर्ने जो कोहीलाई पनि नछाडने उनको दाबी छ । पछिल्लो समयमा निर्माण ब्यबसायीहरुले निर्माणमा लापरवाही गर्ने , समयमा काम सम्पन्न नगर्ने र बिभिन्न बाहानाहरु बनाउने गरेको पाइएकाले उनीहरुलाई कारवाही गर्ने प्रक्रियामा कार्यलय रहेको बताए । सो भबन ढलानको क्रममा पनि मापदण्ड बिपरीत मोटो गिटी राखेको खबर पाएपछि आफूले निर्माण कार्य नै रोकी मापदण्ड अनुसारको गिटी राखी ढलान गराएको र पछि सो सम्पर्कमा नै नआएको पाण्डेले जानकारी दिए ।
स्थानीयको १६ लाख रुपैयाँ समेत खाइदिए
यता भबन निर्माणका क्रममा निर्माण ब्यबसायीले स्थानीयहरुको १६ लाख रुपैयाँ समेत खाएर भागेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए । खत्रीक अनुसार निर्माण ब्यबसायीले स्थानीय स्तरका खाध्यन्न पसलहरुबाट खाध्यन्न ल्ल्याएको र स्थानीय मजदुरहरुलाई काममा लगाएको र स्थानीय स्तरमा ढुङ्गा गिटी बालुवाको पैसा समेत नदिई रारारात भागेको बताए । स्थानीयहरुले गाउँपालिकामा आई समस्या देखाएकाले आफूले तत्कालै संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देहीलाई पत्राचार समेत गरेको र पटक पटक आयोजना प्रमुखसंग टेलिफोन संबाद पनि गरेको दाबी गर्दै प्रमुखले कारवाहीको प्रक्रिया अगाडी बढाएको आफूले जानकारी पाएको बताए । आफूसंग केही कारवाही गर्ने अधिकार नभएको र आयोजना प्रमूख संग जानकारी गराएको खत्रीले बताए ।
गाउँपालिकाले लिखित रुपमा पत्र पठाएको र पटक पटक टेलिफोन संबाद भएको आयोजना प्रमुख राजेन्द्र पाण्डेले बताए । पाण्डेका अनुसार निर्माण ब्यबसायी सम्पर्कमा आएपश्चात आवश्यक प्रक्रिया अगाडी बढाइने जानकारी दिए ।

SHARE