मौसम पूर्वी पहाडमा आंशिक बदली, बाँकी भूभागमा सफा रहने

0
509

फागुन २६, २०७६ काठमाडौं  :आज देशभरको मौसम सामान्यतयाः सफा रहेने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान पनि देशभरको मौसममा ठूलो बदली भएको छैन। दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली हुने भएपनि बाँकी भूभागको मौसम सफा नै रहने महाशाखाले जानकारी दिएको छ। आज राति पनि मौसम सफा रहनेछ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलब १ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले अनुमान गरेको छ।
थाहाबाट

SHARE