जिल्ला प्रशासन कार्यलय गुल्मीको निर्देशन मान्दैनन गुल्मीका स्थानीय तह

0
1965

तिलाचन पाण्डे
फागुन २०,२०७६ गुल्मी  : जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहलाई सरकारी सवारी साधनको बिबरण पठाउन निर्देशन दिएको एक बर्ष पुरा भयो तर सवारी साधनको बिबरण पठाउन स्थानीय तहले अटेर गरेको पाइएको छ ।
सवारी साधनको जानकारी लिन २०७५ साल फागुन महिलाको २ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सरकारी सवारी साधन बिदाको दिनमा दुरुपयोग भएको भन्ने गुनासो आएको सन्र्दभमा कुन स्थानीय तहमा कति सवारी साधन र कति नम्बर प्लेटका सवारी साधन छन् भन्ने स्पस्ट जानकारी लिनका लागि सवारी साधनको माग गरेपनि गुल्मीका पाँच स्थानीय तहहरुले एक बर्ष बितिसक्दा समेत सवारी साधनको बिबरण पठाएका छैनन् ।
१२ वटा स्थानीयतह मध्ये मुसिकोट नगरपालिका , गुल्मीदरवार , छत्रकोट , सत्यवती र चन्द्रकोट गाउँपालिकाले सरकारी सवारी साधनको बिबरण जिल्ला प्रशासन कार्यलय गुल्मीमा नपठाउको सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
प्रशासन कार्यलयले कार्यलय प्रमुखहरुको बैठकमा पनि बारम्बार कुरा उठाउदा समेत स्थानीय तहहरुले सवारी साधनहरुको बिबरण पठाउन अटेर गरेको पाइएको छ । जिल्लामा रहेका सरकारी सवारी साधनहरुको संरक्षण गर्नु र कुन स्थानीय तहमा कति सरकारी सवारी साधन छन् भन्ने बारेमा एकिकृत तथ्यांक तयार पार्नका लागि सवारी साधनको बिबरण माग गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।


स्थानीयतह आफै स्वायत्त भएको भान होला :प्रशासन
पाण्डेका अनुसार स्थानीय तहहरु आफै स्वायत्त छौ भन्ने धारणले हो की या अटेर गरेको भन्ने बारेमा आफूले अहिले केही भन्न नसक्ने भन्दै सरकारी सवारी साधनको बिबरण पठाउन बारम्बार आग्रह गरेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृतहरुलाई कार्यलय प्रमुखको बैठकमा समेत कुराहरु राखेको र बारम्बर आग्रह गर्दै आउँदा पनि सवारी साधनको बिबरण पठाउन अटेर गरेको बताए । यस्तै जिल्ला प्रशासन कार्यलय गुल्मीले आफनो स्थानीय तहमा निर्माण भइरहेका बिकास निर्माणका काममा निर्माणमा ढिला गर्ने निर्माण ब्यबसायी र निर्माण ब्यबसायीले गरीरहेको निर्माणको कामको बारेमा पनि बिबरण पठाउन निर्देशन दिए पनि हालसम्म कुनै पनि स्थानीय तहले नपठाएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । निर्माण ब्यबसायीहरुले धेरै कामको जिम्मा लिने तर समयमै निर्माण कार्य सम्पन्न नगर्ने परिपाटी भएकाले पनि सो बिबरणको माग गरिएको पाण्डेले जानकारी दिए ।
सरकारी जग्गाको अभिलेख राख्न पनि निर्देशन
यस्तै जिल्ला प्रशासन कार्यलय गुल्मीले सरकारी जग्गाहरुको अभिलेखीकरण राख्न र कहि कतै कसैले सरकारी जग्गा अतिक्रमण गरेको भए सोको बिबरण पठाउन पनि स्थानीय तहहरुलाई निर्देशन दियो तर् हालसम्म सोको बिबरण पनि स्थानीय तहहरुले जिल्ला प्रशासन कार्यलय गुल्मीमा नपठाएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
थाहानै छैन : प्रशासकीय अधिकृत
यता गुल्मीदरवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले हालसम्म आफूलाई कुनै जानकारी नभएको बताए । उनका अनुसार आफूले जिल्ला प्रशासन कार्यलय गुल्मीको निर्देशनलाई अटेर गरेको नभई आफू नहुँदा केही जानकारी आएको भएपनि तुरुन्तै सवारी साधनको बिबरण पठाउने दाबी गरे ।

प्रशासकीय अधिकृत भन्छनन बिबरण पठायौ , प्रशासन भन्छ आएकै छैन
यस्तै चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले आफूले सवारी साधनको बिबरण पठाएको दाबी गरे । तर जिल्ला प्रशासन कार्यलय गुल्मीमा चन्द्रकोट गाउँपालिकाले सवारी साधनको बिबरण पठाएको तथ्यांकमा छैन ।
सिफारिस जस्तै गरी बिबरण पठाउछन प्रशासकीय अधिकृत
यस्तै सत्यवती गाउँपालिकाले जिल्ला प्रशासन कार्यलयले पठाएको ढाँचामा सवारी साधनको बिबरण पठाएको छैन । गाउँपालिकाले आफूहरुसंग भएको सवारी साधनको संख्या मात्रै पठाएको र जिल्ला प्रशासन कार्यलय गुल्मीले पठाएको ढाँचा अनुसार नपठाई सवारी साधनको संख्या मात्रै सिफारिस गरेजस्तै पठाएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादब भण्डारीले तोकिएको ढाँचामा नै बिबरण पठाउने जानकारी दिए ।
यता छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले प्रशासनले पठाएको ढाँचामा नै अबिलम्ब सवारी साधनको बिबरण पठाउने जानकारी दिए । यस्तै मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबराज भण्डारीले आफूले मेल मार्फत पठाएको दाबी गर्दै यदि कुनै प्राबिधिक समस्याका कारण नगएको भए पनि आजै सवारी साधनको बिबरण पठाउने जानकारी दिए ।
सार्बजनिक बिदाको दिन सवारीसाधन प्रयोगमा प्रशासनको स्विकृत नै लिदैनन् स्थानीय तह
यस्तै जिल्ला प्रशासन कार्यलय गुल्मीले बिदाका दिन वा जिल्ला बाहिर जानुपनै अबस्थामा जिल्ला प्रशासन कार्यलय गुल्मीको अनिवार्य स्विकृत लिन आग्रह गरे पनि स्थानीय तहहरुले अटेर गर्ने गरेको पाइएको छ ।
बिदाका दिन सरकारी सवारी साधनको दूरुपयोग नहोस भन्न र कुन स्थानीय तहको सवारी साधन के कामका लागि जिल्लामा वा जिल्ला बाहिर गएका छन् भन्ने जानकारी लिन जिल्ला प्रशासनको दायित्व भएकाले पनि त्यस कार्यमा ध्यान दिएको सुचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
जिल्ला बाहिर जाँदा समेत केही समस्या भएपनि प्रशासनलाई सिधै जानकारी हुने र समस्या समाधानमा सहजता आउने काराणले अनिबार्य स्विकृत लिने ब्यबस्था गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । कहिले काँही कुनै कुनै स्थानीय तहले दिने गरेपनि पुर्ण रुपमा पालना नगरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

SHARE