निर्वाचनमा हारेकालाई राष्ट्रिय सभा सदस्य बनाउनु नै गलत :रामकुमारी झाँक्री

0
493

फागुन १६, २०७६ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले निर्वाचनमा हारेकालाई राष्ट्रिय सभा सदस्य बनाउनु नै गलत भएको बताएकी छन्।

पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णयलाई लिएर तीव्र आलोचना भइरहेका बेला नेतृ झाँक्रीले यस्तो भनेकी हुन्।  उनले पार्टीमा विधि र पद्धतिको प्रश्‍न बाराम्बार उठाइरहेको बताउँदै एउटा व्यक्तिको प्रश्न भन्दा प्रणालीमै सु्धार गर्नुपर्ने मत राखेकी छन्।

यसअघि नै नेकपाले नगरपालिकादेखि संसदीय निर्वाचनमा हारेकालाई राष्ट्रियसभा सदस्य बनाइसकेकाले वामदेवको मात्रै तेजोबोध गर्नुको औचित्य नहुने जिकिर गरिन्।  ‘म पार्टी भित्र विधि र पद्धतीको कुरा गर्ने मान्छे हुँ’, उनले भनेकी छन्, ‘नगरपालिकादेखि संसदीय चुनाव हार्नेलाई राष्ट्रियसभा सदस्य बनाइरहँदा कमरेड वामदेवको मात्रै तेजोबोध गर्नुको कारण के हो?’ उनले सगुटीयामा हुँदाचाहिँ आलोचना नगर्नेहरुले अर्को गुटको पर्दा विरोध गर्नुको औचित्य नभएको बताइन्। ‘के स-गुटीया मात्र हुनुपर्ने हो?’, उनले भनेकी छन्, ‘विधि र पद्धति पहिले कसले मिच्यो?’थाहाबाट

SHARE