पश्चिमी वायुको प्रभावले देशभर पानी पर्ने

0
952

फागुन १४, २०७६ काठमाडौं : देशका पुर्वी क्षेत्रमा अहिले पानी परिरहेको छ। हावा, हुरी र चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायु र न्यूनचापिय क्षेत्रको असरका कारण दिउँसोसम्म मध्य र पश्चिम क्षेत्रमा पनि पानी पर्ने महाशाखाका मौसम समिर श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार पुर्वी तराइमा पनि पानी परिरहेको छ। दिउँसोसम्म मध्य र पश्चिम तराईमा पनि पानी पर्ने महाशाखाले जनाएको छ। बेलुकासम्म देशभर नै पानी पर्ने महाशाखाले अनुमान गरेको छ। अधिकांश हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का देखि मध्यम खालको हिमपात हुनेछ। हिजो पनि हिमपात हुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रको जनजिवन प्रभावित भएको छ।

केहि दिनदेखि बदली भएको मौसम भोली विहान देखि क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको मौसम दिउँसो केहि खुलेपनि बेलुकीपख पानी पर्ने श्रेष्ठले बताए। उपत्यकामा मंगलबार राति पनि पानी परेको थियो।

मंगलबार ५ दशमलव ६ मिलीमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। उपत्यकामा विहानको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर २१ देखि २३ डिग्री सेल्सियस पुग्ने महाशाखाले जनाएको छ।
थाहाबाट

SHARE