तीन करोड लगानीमा कृषि फर्म , ११ जनालाई रोजगारी

0
3581

तिलाचन पाण्डे
फागुन ५,२०७६ गुल्मी  :देशमा रोजगारी नपाएर दिनानुदिन युवाहरु बिदेश जानेको लर्को लाई रहेको सन्र्दभमा देशमानै केही गरौ भनी तीन करोडको लगानीमा कृषि फर्म नै संचालन गरी गतिलो उदाहरण दिएको पाइएको छ ।
गुल्मीसंगै जोडिएको छिमेकी जिल्ला अर्घाखाचीका ४० बर्षिय तेजेन्द्र श्रेष्ठले छत्रदेव बहुउद्धेश्यीय कृषि फार्मनै दर्ता गरेर आफू मात्रै होइन् ११ जनालाई रोजगार समेत दिएका छन् । छत्रदेव गाउँपालिका ५ छत्रगंज अमराइका श्रेष्ठले १०६ रोपनी जग्गामा तरकारी खेतीसंगै बाख्रापालन र कुखुरा पालन र माछा पालन समेत गरेको पाइएको छ ।


उनको फर्ममा अहिले काउली , बन्दा ,टमाटर लसुन , लोकल कुखुर , बोइलर कुखुरा लगायत टर्की खरी जातका बाख्रा पनि रहेका छन् । यस संगै उनले सुरुवातीमा केरा खेतीलाई समेत प्राथमिकता दिएको पाइएको छ ।
सबै बिदेशतिर जान तम्सिएको सन्र्दभमा देशमा नै केही गरौ भन्ने उद्धेश्यका साथ यसरी गाउँमा नै ब्यबसायीक रुपमा केही गरौ भन्ने ध्येका साथ आफनै माटोबाट अर्गानिक तरकारी लगायत पशुपालन गरौ भनेर यसरी होमीएको श्रेष्ठले बताए ।
गुल्मीको सदरमुकाम तम्घासमा सेन्चुरी इन्टरनेशलनको नामबाट ब्यापार गर्दै आइरहेका श्रेष्ठको इलोक्ट्रोनीक पसल पनि रहेकाले ब्यापार पनि राम्रै भएको उनी बताउछन् । उनको पसल अहिले श्रीमती बिमलाले हेर्दै आएको र कृषिमार्फत क्रान्ती गर्नुपर्दछ भन्ने मान्यता अनुसार आफू जन्मभूमिको माटोमा रमाएको श्रेष्ठ बताउछन् । फर्ममा ११ जना कर्मचरीहरु राखेको र उनीहरुलाई मासिक १५ देखि २५ हजार रुपैयाँ सम्म पारीश्रमिक दिने गरेको र कर्मचारीहरु पनि खुसीका साथ काम गर्दै फर्ममा रमाएको उनी बताउछन् । उनले अहिले ग्रिन हाइटेक टनेलमा टमाटर र बिभिन्न थरीका नर्सरीहरु गरेका छन् । बाख्रा फर्मका लागि आधुकिन खोर निर्माण लोकल कुखुराका लागि छुट्टै खोर , बोइलर कुखुराका लागि छुट्टै आधुनिक खोर निर्माण गरेका छन् ।


प्रदेशकै नमुना कृर्षक बन्छु
उनले अहिले आफूको योजना भनेको प्रदेशकै नमुना कृर्षक बनेर देखाउने रहेको बताउदै सोही अनुसार आफू लागि परेको उनले दाबी गरे । श्रेष्ठका अनुसार अहिले गफगर्ने भन्दा पनि काम गर्ने समय भएकाले आफूले काम गरेर बल्ल बोल्ने बताएका छन् । आफूको योजना प्रदेशकै नमूना मध्येको कृषक बनेर देखाउने रहेको भन्दै आफूलाई परिवारबाट पनि काम गर्ने प्रेरण मिलेको भन्दै आफू लक्ष्यमा पुगेर दीर्घकालिन रुपमानै काम गर्ने योजनाका साथ लागेको दाबी गरे ।
नेतादेखि हाकिम सम्म सबै अबलोकन गर्न आए : बलप्रसाद श्रेष्ठ
तेजेन्द्रका बुवा बलप्रसाद श्रेष्ठले नेता देखि कार्यलयका हाकिमहरु सम्म फर्मको अबलोकन गर्न आउने गरेको बताएका छन् । उनले सबै नेता तथा हाकीमहरु अबलोकन गर्न आएको तर कसैको सहयोग भने नमिलेको बताएका छन् । आफू सधैजसो फर्ममा रहेर काम गर्ने गरेको भन्दै उनले नेता तथा हाकिमहरुले आश्वासन दिने गरेको तर कसैले केहि सहयोग नगरेको गुनासो गरेका छन् ।
उचित सहयोग गछौ  : ज्ञानकेन्द्र
यता कृषिज्ञान अर्घाखाचीका प्रमुख देबेशकुमार मिश्राले उक्त फर्मका लागि कार्यलयको तर्फबाट सहयोग गर्ने बताएका छन् । जिल्लामा उक्त फर्मका बारेमा चर्चा चलेको बताउदै उनले समय मिलाएर आफूपनि अबलोकनका लागि जाने र मर्फका लागि आवश्यक सहयोग गर्ने बताएका छन् । कार्यलयका अन्य कर्मचारीहरु उक्त फर्ममा गएर आएको बताउदै आफू नगएपनि कर्मचारीहरुको रिपोटबाट अक्त फर्मका बारेमा जानकारी लिएको बताउदै जतिसक्दो छिटो उक्त फर्ममा आफू जाने बताए । कृर्षकहरुलाई तालिम , औजार लगायत अनुदानका कार्यक्रमहरु पनि रहेकाले उचित सहयोग गरेरै छाड्ने मिश्राले दाबी गरे ।

SHARE