
फागुन १, २०७६ काठमाडौं : बागमती प्रदेशको सिन्धुपाल्चोक विकट गाउँपालिकाभित्र पर्छ जुगल गाउँपालिका। त्यसभित्रको विकट गुम्बा गाउँ। सिन्धुपाल्चोक जिल्लाको भौगोलिक वातावरणअनुसार सबैभन्दा ठूलो साविकको वडा गुम्बा भए पनि विकासको दृष्टिले अझै खुम्चिएको छ।
जिल्ला सदरमुकाम चौतारबाट गुम्बामा पुग्नसमेत धेरै समय लाग्ने गरेको छ। पछिल्लो केही वर्षबाट गुम्बाको गाउँमा सडक र पुगेको भए पनि विकास निर्माणको दृष्टिकोणबाट मुहार फेर्न सकेको छैन। गुम्बाले कुल क्षेत्रफल ३१२।४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। गुम्बाले पूर्वमा तातोपानी लिस्तीकोट पश्चिममा गोल्चे उत्तरमा तिब्बत र दक्षिणमा पाङताङलाई छोएका छ। चीनसँग सिमा जोडिएको भए पनि भौगोलिक विकटताको आधारले गर्दा नै विकास निर्माणको दृष्टिकोणले पछि परेको छ। तर, जुगल गाउँपालिका(३ को गुम्बा गाउँमा मोसमी रुखा खोकीका कारण गाउँ नै आक्रान्त छ। मंगलबार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले मन्त्राललयलाई गुम्बामा सोमबारदेखि नोबल कोरोना भाइरसको लक्षणसँग मेलखाने लक्षण देखिएको फ्लु भेटिएको भन्दै पत्र लेखे।
मन्त्रालयले भने यो कोरोना भाइरस नभएर सिजनल फ्लु भनेको छ। त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाएको छ। बस्तीबासीमा रुघा, खोकी र अत्याधिक ज्वरोजस्ता लक्षणका बिरामी देखा परेकोले यस्तो लक्ष्यण देखिएपछि कोरोनाको शंका गरिएको थियो। तर, उपचारका लागि गाउँपालिकाको टोलीले अध्ययनपछि गुम्बामा देखिएको प्रकोप कोरोना नभएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। उपचारपछि बिरामीको स्वास्थ्य अवस्थामा केही सुधार आएपछि गुम्बामा फैलिएको रोग कोरोना नभएको उपचारमा खटिएका स्वास्थ्यकर्मी अनिल साउदले बताए। सामान्य ज्वरो, रुघाखोकीलगायतको संक्रमण बढेपछि गाउँपालिकाले कोरोनासँग मिल्ने संकेत देखिएपछि गाउाँपालिकाले अपिल गरेको थियो। तर, अहिले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको टाली पनि घटनास्थलतर्फ प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको टोलीले अध्ययन गरेपछि मात्रै संक्रमणबारे पुष्टि हुने उनले बताए।

बिरामीको बलेफी गाउँपालिकास्थित जलवीरे स्वास्थ्य केन्द्रबाट चिकित्सकको टोलीले उपचारमा संलग्न भए पनि परीक्षणको सामग्रीको अभाव भएको पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। चीनसँग सीमा जोडिएको गाउँ भए पनि पहाड र हिमालको कारणले चीनबाट नेपालमा मानिसहरू आवातजावत गर्न सक्ने अवस्था नहरहेको अध्यक्ष श्रेष्ठ बताउँछन्। विकट पालिकाको गाउँ भएकाले अन्य केही कारणले यस्तो प्रकोप फैलिएको हुनसक्ने उनले बताए। तर, परीक्षणको क्रममा रहेकाले उपचारपछि केही बिरामीको अवस्था सामान्य बन्दै गएको कारणले कोरोना नभएको पुष्टि गरेका प्रष्टाउँछन्।
तामाङ जातीको बाहुल्यता
जुगल पाउँपालिकाको विकट बस्तीको रूपमा सचिनिएको गुम्बामा तामाङ जातिको बाहुल्यता रहेको छ। बाहिरबाट गुम्बालाई फरक रूपले बुझ्नेगरि पनि गुम्बामै पुगेर हेर्ता गुम्बा कुनै एकीकृत बस्तीभन्दा कम छैन। पूर्वाधारहरू सम्पन्न नभए पनि गुम्बाका घरहरू एकै ठाउँमा रहेका छन्। झट्ट हेर्दा बजारकै छनक दिने गरेका छ। यस क्षेत्रमा तामाङ जातिको बाहुल्यता रहेको हुनाले उपचार र स्वास्थ्यमा समेत ख्याल नगर्ने भएकाले यस्तो प्रकोप सहजै फैलिने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ। त्यसैले पर्यटकीय दृष्किकोणले पनि गुम्बालाई प्रख्यात मानिन्छ। हिमाली दृश्यावलोकनका लागि गुम्बा उपयुक्त हुने गरेको जुगल गाउँपालिकाको उपाध्यक्ष सिर्जना तामाङ बताउँछिन्।
उव्जनी छैन, गुजारमै समस्या
सडक पूर्वाधारले विस्तारै लय लिँदै गरेको भए पनि गुम्बामा पर्याप्त उब्जनी हुदैन। गुम्बामा आलु, कोदो, जौको परम्परागत खेती र चौरीपालनकै भरमा स्थानीले गुजारा चलाउँने गरेका छन्। गुम्बाभित्रका तेम्बाथान दीपु, तेगा, साङ्लुङ टोल झन् अर्कै देशको झलक दिने खालका छन्। कुनै कामले सदरमुकाम वा राजधानी जान परेमा एक रात कात्तिके बजार वा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङमा बास बसेर मात्रै गाडी चढेर गन्तव्यमा पुग्नुको विकल्प यहाँका स्थानीको छैन। यहाका स्थानीयले स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युतलगायतको अत्यावश्यक पूर्वाधारसमेत अहिलेसम्म पर्याप्त रूपमा पाउँन सकेका छैनन्। अन्नको राम्रो उत्पादन नहुने यस क्षेत्रको स्थानीयको मुख्य आम्दानीको स्रोतको रूपमा चौरीलाई लिन गरेका छन्। उत्पादनसमेत नभएकाले चौरीपालन वा गाउँका अधिकांश युवा खाडी मुलुक जानुको विकल्प यहाँका युवकयुवतीसँग छैन। स्वास्थ्य संस्था नै छैन यहाँको सर्वसाधारण बिरामी परेको खण्डमा उपचारको लागि छिमेकी गाउँपालिकाको जलवीरे स्वास्थ्य चौकी धाउनुको अन्य विकल्प छैन।
सडक पूर्वाधारले समेत व्यवस्थित नभएको यस क्षेत्रका सर्वसाधारण बिरामी परेका खण्डमा हेलिकोप्टर चाटर गर्नुपर्ने बाध्यतामै छन्। बिरामी परेको खण्डमा सम्पन्न परिवारले हेलिकोप्टरमार्फत उपचारका लागि अन्यन्त्र जाने गरेको भए पनि कमजोर आर्थिक अवस्था भएका स्थानीयले अकालमै ज्यान गुमाउँन बाध्य हुने गरेका छन्। जनचेतनाको अभावको कारणले आफ्नो स्वास्थ्यप्रति सर्वसाधारणले नै धेरै ख्याल नगर्ने गरेकाले यस्तो खालको प्रकोपले विकराल रुप लिने गरेको उपचारमा संलग्न चिकित्सकको तर्क छ।
थाहाबाट






