प्रधानमन्त्रीको निर्देशनपछि पनि पुरिएनन् सडकका खाल्डा

0
268

माघ २९, २०७६ काठमाडौंः चक्रपथ भित्रका अधिकांश सडक अझै पनि पूर्णरुपमा निर्माण हुन सकेका छैनन्। अहिले पनि सडकमा कयौँ खाल्डाखुल्डी छन्।

चक्रपथको व्यस्त भित्री सडकका खाल्डाखुल्डी अझै पुरिएको छैन। उपत्यकाको सडकका खाल्डा पुर्ने काम थालेको दुई वर्ष भइसक्यो। चक्रपथ भित्रका रहेका सडकका खाल्डाखुल्डी पुर्ने काम अहिले पनि जारि छ। तर यो काम कहिले सकिने टुंगो छैन। ७० प्रतिशत भन्दा बढी काम भइसकेको सडकडिभिजन कार्यालयले जनाएको छ। सडक डिभिजनले चक्रपथ भित्रको बाटो मात्रै हेर्ने गरेको सडक डिभिजन कार्यालयका एक अधिकारीले बताए। उनका अनुसार ६ महिनामा ३३ करोड ३४ लाख २ हजार ९ सय ८० रूपैयाँ बजेट खर्च भइसकेको छ। उपत्यकाको सडक पुननिर्माणका लागि २ अर्ब ५ करोड बजेट छुट्याएको थियो। मुलुकभरका सडक निर्माण गर्ने जिम्मा सडक विभागलाई नै रहेको प्रवक्ता अर्जुन सुवाल बताउँछन्। विभागले नौ हजार किलोमिटर भित्र रहेका सडकका खाल्डाखुल्डी पुर्ने लक्ष्य रहेको उनले जानकारी दिए। उनले भने, बिग्रेका सडक निर्माण गर्नको लागि १ अर्ब रुपैयाँ बजेट छुट्टयाएको छ। उपत्यका र राष्ट्रिय राजमार्गमा जोडिने सडक निर्माण गरिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएपछि सडक मर्मतको काम अगाडि बढेको थियो तर अझै पनि उपत्यकाका सडकका खाल्डा पुरिसकिएको छैन। सडक विभाग अन्तर्गत रहेको ९ हजार किलोमिटर सडकमध्ये सडक डिभिजन कार्यलयले ४ सय किलोमिटर सडकको मर्मत सम्भार गर्नेछ।

SHARE