आर्थिक अभावमा शिक्षाको उज्यालोबाट कोहि बञ्चित हुँदैन : नेता बिष्ट

0
411

टोपलाल अर्याल
गुल्मी, २९ माघ  :

पुर्व श्रम रोगगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले शिक्षाको उज्यालोबाट कोहि पनि बालबालिका बञ्चित नहुने बताएका छन् । उनले सरकारले निशुल्क शिक्षाकै लागि थुप्रै योजनाहरु संचालन गरिरहेका पैसा नभएकै कारण बिद्यालय जान नपाउने स्थितीको अन्त्यमा भएको बताए ।

इस्मा गाउँपालिका २ को देविस्थान माविको स्वर्ण महोत्सवको उद्घाटन गर्दै बिष्टले अझै पनि त्यस्ता बालबालिका भए स्थानीय तहले तथ्यांक संकलन गरेर बिद्यालय भर्ना गर्ने व्यावस्था मिलाउन आग्रह गरे । ‘कुनै पनि बाहाना बनाएर शिक्षाबाट बञ्चित गराएर बालबालिका घरमै राख्न पाइदैन,’उनले भने,‘अहिले त्यस्ता अभिभावकलाई कारबाही गर्ने कानुनी व्यावस्था समेत रहेको छ ।’ साथै उनले रकमको अभावमा मिटरबक्स खरिद गर्न नसकेर बिजुली बाल्न नपाएका परिवारलाई पनि निशुल्क मिटर वितरण भइरहेकाले अझै पनि त्यो अवस्था बिद्यमान रहे समस्या समाधान गर्न तीनवटै सरकार तयार भएको बताए । बिपन्न परिवारलाई सरकारले घर बनाउने कार्यक्रम समेत अगाडी बढाएकाले अब कोहि पनि घरबार बिहिन हुनु पर्ने अवस्था नभएको बताए ।

इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले स्र्रोत र साधनले सकेसम्म जनताको आधारभुत आवश्यकता स्थानीय तहबाटै समाधान गर्ने गरि अगाडी बढिएको बताए । देविस्थान माविकोको स्वर्ण महोत्सव ३ फागुनसम्म संचालन हुने छ । औपचारिक रुपमा ०२६ सालमा स्थापना भएको देविस्थान माद्यामिक बिद्यालयमा तीन सय एक जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएको बिद्यालयका प्रध्यानाध्यापक नारायण प्रसाद मरासिनीले बताए ।

स्वर्ण महोत्सवको लागि अहिलेसम्म ५६ लाख रकम संकलन भएको मरासिनीले बताए । बिद्यालयको विकासको लागि स्थानीय फक्त बहादुर सारुले भवन निर्माणको क्रममा नौ लाख ५० हजार र महोत्सवको लागि एक लाख २१ हजार एक सय ११ सहयोग गरेका छन् । स्वर्गीय शशिराम थापाको परिवारले पुस्तकालय निर्माणको लागि पाँच लाख एक हजार १६ रुपैयाँ, खडग रेश्मीले भवन निर्माणको लागि नौ लाख ५० हजार र महोत्सवको लागि एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको शिक्षक बाबुराम पन्थीले जानकारी दिए । बिद्यालयलाई सहयोग गर्ने बिभिन्न चन्दादाताहरुलाई कार्यक्रमका प्रमुख अतिथी गोकर्ण बिष्टले सम्मान गरेका थिए । स्वर्ण महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरुको प्रस्तुती, गाउँपालिका भित्रका मावि स्तरिय भलिवल र हाजिर जवाफ प्रतियोगीता संचालन गरिने पन्थीले बताए ।

SHARE