हाम्रो उद्देश्य नै जनता खुसी र सुखी गराउनु हो : पुर्व मन्त्री बिष्ट

0
644

सन्तोष महतारा , २७ माघ गुल्मी  :पुर्व श्रम राेजगार तथा सामाजिक सुरक्षा विकास मन्त्री गाेकर्ण बिष्टले सरकारको उद्देश्य नै जनता खुसी र सुखी गराउने बताएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर २ धागीथुममा श्री पधेराथरी खानेपानी उपभोक्ता समिति द्वारा संचालित सेतिखाेला पातल लिफ्टिङ्ग खानेपानी आयोजनाकाे उद्घाटन गर्दै पुर्व मन्त्री बिष्टले यस्तो बताएका हुन् ।

पुर्व मन्त्री बिष्टले हरेक ब्याक्तिका आ- आफ्नै उद्देश्य र लक्ष्य हुने भन्दै आफू गुल्मेली जनताको प्रतिनिधि भएको भन्दै आफ्नो उद्देश्य नै जनतालाई आधारभुत आवश्यकताकाे लागि आफुहरु निरन्तर काम गरिरहेको बताए । पुर्व मन्त्री बिष्टले आफू विद्यार्थी हुदा धागीथुममा काेठा लिएर बस्दा खानेपानीकाे समस्या आफुले समेत भाेगेकाे बताउँदै ३८ बर्ष पछाडि आफूले साेही ठाउँमा लिफ्टिङ्ग खानेपानी उद्घाटन गर्न पाउँदा खुसि लागेको बताएका थिए । धेरै देशहरूमा पिउने पानी , सुरक्षित आवास गुणस्तरीय शिक्षा , आत्मसम्मानजनक जिबनकाे सरकारले ग्यारेन्टी लिँदा नेपालमा भने जनताको घरमा पिउने पानीको धारा पुराउन नसक्नु , उपचारको अभावमा हरेक बर्षमा हजारौंले ज्यान गुमाउनु विडम्बना भएको भन्दै पछिल्लो समय विकासले फड्को मारेको र यसमा सरकार सकारात्मक भएको पुर्व मन्त्री बिष्टकाे भनाइ रहेको थियो ।

जिल्लाको रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुषालले खानेपानीको बिषयमा झै झगडा पनि भएको भन्दै खानेपानी सबैको घरघरमा पर्याप्त मात्रामा पुग्नुपर्छ तर पानी तेरोमेराे भन्ने नहुने बताए । लिफ्टिङ्ग खानेपानी याेजना उद्घाटन भएपनि यो खानेपानीको महशुल धेरै तिर्नु पर्ने भन्दै यसमा विद्युत् निशुल्क गरिनुपर्ने नगरपालिका प्रमुख भुषालकाे भनाइ रहेको थियो । नगरपालिकाले तत्कालै ३५ करोडको खानेपानी योजना अगाडि बढाउन लागेको बताउँदै नगरप्रमुख भुषालले एक बर्ष भित्रै तम्घासमा खानेपानीको समस्या पुर्ण रुपले निर्मुल हुने बताएका छन् । विस्तारै खानेपानीको समस्या हट्दै गएकोले अझै केहि समय धैर्य गरी बसेमा नगरभित्र बाह्रै महिना खानेपानी पर्याप्त मात्रामा हुने नगरप्रमुख भुषालले दाबी गरे । साथै कार्यक्रममा बाेल्दै सबै वक्ताहरुले तम्घासमा खानेपानीकाे समस्या भएपनि पछिल्लो समय यो समस्या केहि हदसम्म घटेको बताएका थिए ।

SHARE