दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते

0
26

असोज ३०,२०८३ सर्लाही : सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा शुक्रबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

महोत्तरीबाट सर्लाहीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०६ बिएक्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर पल्टिँदा चालक महोत्तरीको गौशाला नगरपालिका–५, जिरोमाइलका २४ वर्षीय विकल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका–४ का २२ वर्षीय शम्भुनाथ कुमार साह र २३ वर्षीय शुभमकुमार शर्मा घाइते भएका छन् । घाइते दुवैको अवस्था सामान्य रहेको र महोत्तरीस्थित एक स्वास्थ्य संस्थामा उपचार भइरहेको गौतमले बताउनुभयो ।

SHARE