हिमाली र पहाडी क्षेत्रमा वर्षाको संभावना

0
30
फाइल फोटो

असोज २५,२०८३ काठमाडौँ : आइतबार पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव परिरहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आक्ष्तबार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

SHARE