बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो

0
24

असोज २५,२०८३ गोरखा : बुढीगण्डकी नदीमा आएको भीषण बाढीले सल्लेरी बजार क्षेत्र र जलजिद्युत आयोजनाको क्याम्प बगाएको छ । नदीमा आएको लेदोसहितको बाढीले बजार क्षेत्र तथा आयोजनासँग सम्बन्धित सबै संरचना बगाएको हो ।

बुढीगण्डकी नदीमा पानीको बहाव बढेसँगै आएको लेदोसहितको बाढीले नदी किनारमा संरचनामा क्षति पु¥याएको छ । बाढीले सल्लेरी बजार र हाइड्रोपावर योजनाको क्याम्प बगाएपछि त्यहाँको भौतिक संरचनामा ठुलो क्षति भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

बाढीले क्षति पु¥याएपछि नदी तटीय क्षेत्रका स्थानीय बासन्दिाहरुमा त्रास फैलिएको छ । नदी थुनिने र खुल्ने क्रम दोहोरिएपछि नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण, मानवीय क्षति भए–नभएको अवस्था तथा प्रभावित क्षेत्रबारे थप जानकारी आउन बाँकी रहेको गोरखा जिल्ला प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

तत्काल बाढीको लागि हेलिकप्टरमा घटनास्थलको बारेमा निरीक्षण गरी क्षतिको यकिन विवरण संकलन गरी विपदमा परेकाहरुलाई उद्धार र राहतको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

बाढीको वास्तविक क्षति, बाढीको कारण र प्रभावित क्षेत्रको अवस्थाबारे विवरण आउन बाँकी रहेकाले घटनबारे थप जानकारी प्राप्त भएपछि क्षतिको यकिन विवरण सार्वजनिक गरिने गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्ला विपद् व्यावस्थापन समितिको बैठक बसिरहेको छ ।

बुढीगण्डकीको स्यारखोला तर्पmबाट बाढी आएकाले जगत र सल्लेरी तथा जलविद्युत हाइड्रको क्याम्प बगाउनुका साथै नदी आसपासका धेरे घरहरु बगाएर लगेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो ।

आइतबार बिहान साढे ४ बजेतिवर ठुलो आवाजसहित बाढी आएपछि लोक्पासहित नदी आसपासका बासिन्दा ज्यान जोगाउन भागभाग गरेका स्थानीय सेराप गुरुङको भनाइ छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखापत्र

SHARE