प्रदीपकुमार ज्ञवालीको पहलमा सडकका लागी १० करोण बिनियोजन

0
5643

तिलाचन पाण्डे
माघ २६,२०७६ गुल्मी : नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा गुल्मी जिल्ला क्षेत्र नं १ का बिभिन्न सडकहरुका लागि १० करोड रुपैयाँ बिनियोजन भएको छ । यसै आर्थिक बर्षमा खर्च गर्ने गरी क्षेत्र नं १ का पटौती खरज्याङ ,घुम्ती गौडाकोट मजुवा शान्तीपुर सडक खण्डका लागि दुई खण्डमा काम गर्ने गरी ४ करोड ,पुर्तिघाट फोक्सिङ ग्वाघा शान्तीपुर सडक खण्डका लागि २ करोड ,रिडी खरज्याङ सडक खण्डका लागि २ करोड , छत्रकोट हुँगा गुन्टुङ सिस्ने चोरकाटे सडक खण्डका लागि २ करोड रुपैयाँ बिनियोजन भएको र यसै आर्थिक बर्षमा काम सम्पन्न गर्ने गरी बजेट बिनियोजन गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

SHARE