गुल्मीमा एक हप्तामा १८१ जनाले राहदानी बनाए, नौँ लाख बढी राजस्व संकलन

0
50
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

मंसिर २२,२०८२ गुल्मीः गुल्मीमा एक हप्ताको समय अवधिमा १८१ जनाले राहदानी बनाउँदा नौँ लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १८१ जनाले राहदानीका बनाउँदा नौँ लाख २७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।

यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता १७८, प्रतिलिपि १६२, नावलक परिचयपत्र छ , राहदानीको आवेदन संकलन १८१, राहदानी वितरण २७, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ४८९, राष्ट्रिय परिचयपत्र वितरण ३५५, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित १८ भएको छ ।

यस्तै पाँच वटा संस्था दर्ता तथा नविकरणबाट छ हजार, राष्ट्रिय परिचयपत्रबाट आठ हजार पाँच सय गरी कुल नौँ लाख ४२ हजार रुपियाँ राजस्व संकलन भएको हो ।

SHARE