गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

0
67

तिलाचन पाण्डे
साउन २२,२०८१ गुल्मी : गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १ बिसौनाका बिष्णु बिक र हुकुम बिकको घरमाथिबाट लेदोसहितको पहिरोले घर पुरिँदा अन्दाजी ४६ वर्षीय गोरे बिक,६७ वर्षीय हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुइ वर्षकी रियन्सी बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केशीले जानकारी दिए ।

पहिरोले पुरिँदा दुइ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ३१ वर्षीय विष्णु र निजकी श्रीमती वर्ष २३ की मुना बिक रहेका छन् । उनीहरुको शरीरका विभिन्न स्थानहरुमा चोट लागेको केशीले बताए ।

घटनाको बारेमा बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE