मुसिकोटमा एक घर एक धारा निर्माण कार्यलाई तिब्रता

0
488

माघ २२,२०७६गुल्मी  :मुसिकोट नगरपालिकाको वडा नं. ४ स्थित आम्डाँडा,दाहाचौर,दिगामचौर खानेपानी आयोजनाको निर्माण कार्य अगाडी बढेको छ ।

मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत नगरपालिकाको ७० प्रतिशत र स्थानीय श्रमदान ३० प्रतिशत गरी १ हप्तादेखि निर्माण शुरु भएको आयोजनाको अहिले ट्याङ्की निर्माण गर्ने काम चलिरहेको प्राविधिक होमलाल पाण्डेयले जानकारी दिनुयभयो ।

उक्त आयोजना सञ्चालनका लागि अहिले आम्डाँडा र दाहाचौरमा ट्याङ्की निर्माणका लागि ढलानको काम सम्पन्न भएको छ । भने उक्त ठाउँमा भोलिबाट पाईपलाईन विस्तारको काम अगाडी बढ्ने उहाँको भनाई छ । त्यस्तै दिगामचौरमा पनि ट्याङ्की निर्माणका लागि जग खन्ने काम हुँदै गरेको उहाँले बताउनुभयो । आयोजनाबाट स्थानीय १ सय घरधुरी लाभान्वित हुनेछन् ।

खानेपानीको समस्या भोग्दै आएका मुसिकोट नगरपालिका वडा नं. ४ अन्तर्गत आम्डाँडा, दाहाचौर, दिगामचौर, पुतलीबजार, ग्वादिकाचौर, र सुन्दरवस्तीका स्थानीयहरु आयोजना सञ्चालनमा आएपछि खानेपानीको समस्याबाट मुक्त हुने आम्डाँडा दाहाचौर दिगामचौर खानेपानी तथा सरसफाई योजनाका सचिव राजेश कुमार अधिकारीले जानकारी दिनुभयो । अबको ४ महिना भित्र खानेपानी सञ्चालनमा ल्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले यस आर्थिक बर्षको अन्त्य सम्म २ हजार घरधुरीमा खानेपानी धारा पुर्याउने लक्ष्य राखेको छ। जसअन्तर्गत अहिलेसम्म ६ वटा खानेपानी योजना सम्पन्न भई सकेका छन भने १२ वटा योजनाहरु सम्पन्न हुने चरणमा रहेका छन । पाँच बर्षे कार्यकाल भित्र नगरवासीमा एक घर एक धारा पुर्याएरै छाड्ने नगर कार्य समितिको अठोट रहेको छ ।

SHARE