सरकारको कमजोरी फेला परे खरो ढंगले प्रस्तुत हुन्छौँः विश्वप्रकाश

0
187

साउन ३,२०८१काठमाडौँ : सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र काम नभए प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने बताउनुभएको हो।

महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिनुभयो। एक्काइसौ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। महामन्त्री शर्माले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताउनुभयो।

महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफैं भित्र कमी भएपनि खोजी गर्नसक्ने सामर्थ्र्य राख्नुपर्ने बताउनुभयो। गोरखापत्र

SHARE