![20240506_075145](https://khabarmarket.com/wp-content/uploads/2024/05/20240506_075145-696x321.jpg)
तिलाचन पाण्डे
वैशाख २४,२०८१ गुल्मी : रेसुंगा नगरपालिकाले आयोजना गरेको जाँउ हिँड रेसुंगा कार्यक्रम प्रभावकारी भएको नगरले दाबी गरेको छ ।
![](https://khabarmarket.com/wp-content/uploads/2023/06/Lumbini-Pradesh-bidhut-add.jpg)
![](https://khabarmarket.com/wp-content/uploads/2023/06/Lumbini-Pradesh-krishi.jpg)
रेसुंगा क्षेत्रको प्रचाारप्रसार गरी देशभर रेसुंगालाई चिनाउने अभियान अन्र्तगत वैशाख २० गते काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेको कार्यक्रम प्रभावकारी भएको नगरप्रमुख खिलध्वज पन्थीले दाबी गर्नुभयो ।
सोमबार कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पन्थीले काठमाडौंमा भएको कार्यक्रम प्रभावकारी भएको दाबी गर्दै अन्य मुख्य शहरहरुमा पनि कार्यक्रमहरु आयोजना गरि रेसुंगाको प्रचारप्रसार गर्ने बताउनुभयो ।
![](https://khabarmarket.com/wp-content/uploads/2020/04/khabarmarket-logo.jpg)
काठमाडौंमा भएको कार्यक्रमल आफूलाई थप उत्साह जागेको बताउँदै आन्तरिक र वाहय पर्यटकहरु रेसुंगा आउनेमा आफू ढुक्क रहेको पन्थीले दाबी समेत गर्नुभयोे । लुकेको रेसुंगालाई शहरमा देखाउने सुरुवाती कार्यक्रम प्रभावकारी भएको बताउँदै पन्थीले यस अभियानलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।
यस कार्यक्रमको माध्यमबाट युवा र निजी क्षेत्रलाई जोडेर थप बिकास गर्ने बताउँदै उच्च बसाई सराई र विदेश पलायन हुने युवाहरुलाई समेत रोक्न सकिने उहाँको विश्वास छ ।