मधुमेह र उच्च रक्त चापका कारण मिर्गौला फेल : विशेषज्ञ डाक्टर अग्रवाल

विश्वब्यापीरुपमा मृत्यु हुनेको कारण मध्ये पाँचौं नम्वरमा मिर्गौला रोग

0
149

तिलाचन पाण्डे
वैशाख २१,२०८१ गुल्मी : मधुमेह र उच्च रक्त चापका कारण मिर्गौला फेल हुने गरेको मृगौला रोग विशेषज्ञ डाक्टर कृष्णकुमार अग्रवालले बताउनुभएको छ ।

तम्घासमा रहेको शुभलक्ष्मी फर्माले मिर्गौला रोग सम्बन्धी जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अग्रवालले सो बताउनुभएको हो ।

पछिल्लो समयमा मिर्गौला रोग धेरै मानिसहरुमा देखा पर्न थालेकाले यस सम्बन्धी हुने समस्या र समाधानका बारेमा जानकारीका साथै मिर्गौला रोग सम्बन्धी चेक जाँच वैशाख २२ गते शुलक्ष्मी फर्मामा हुने भएकाले सो बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

प्रत्येक १०० जना बिरामी मध्ये ३ जनामा डायलायसिस गर्नुपर्ने हुने भएकाले यो रोग ५० प्रतिशतको मात्रा पछि मात्रै देखा पर्ने उहाँको भनाई छ । ४० वर्ष उमेर माथिका ब्यक्तिहरुले पिसाव चेक मार्फत जाँच गर्नु उत्तम हुने उहाँले बताउनुभयो ।

यसका लक्षण के के हुन त ?

खुट्टा सुनिनु,रातको समयमा पिसाब बढी लाग्नु, आँखा वरीपरीको भाग सुनिनु, खाना मन नलाग्नु, उच्चरक्त चाँप कन्ट्रोल नहुनु जस्ता लक्षणहरु देखा पर्ने गर्दछन् ।

विदेश गएका युवाहरुमा बढी देखा पर्ने 

विदेश गएका युवाहरुमा यो रोग बढी देखा पर्ने गरेको पाइएको छ । अन्य ब्यक्तिहरुको तुलनमा खाडी मुलकमा गएका युवाहरुमा यो रोग बढी देखा पर्ने गरेको पाइएकाले यसको कारण अनुसन्धानकै क्रममा रहेको उहाँको भनाई छ । विदेश गएका युवाहरुमा यो रोग देखा परेपनि उपचार पछि निको हुने गरेकाले नआत्तिन र सजग रहन उहाँले आग्रह समेत गर्नुभएको छ ।

बढी मात्रामा रातो मासु भएको मासु खान नहुने भएकाले मृगौला रोग सम्बन्धी सचेतनाका कार्यक्रमहरु फैलाउनु उपयुक्त हुने अग्रवालले बताउनुभयो ।
विश्वब्यापीरुपमा मृत्यु हुनेको कारण मध्ये पाँचौं नम्वरमा यो रोग पनि रहेको उहाँको भनाई छ ।

सामाजिक उत्तरदायीत्व कार्यक्रम : शुभलक्ष्मी फर्मा

आफूहरुले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत जिल्ला स्थित स्वास्थ्यकर्मीहरु र डाक्टरहरुसंग मिर्गौला रोग सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको शुभलक्ष्मी फर्माका संचालक होम पल्लीले बताउनुभयो ।


पछिल्लो समय मिर्गौला रोग सम्बन्धी समस्या बढी देखा पर्ने गरेकाले मृगौला रोग सम्बन्धी उपचार र देखा पर्ने समस्याहरुका बारेमा स्वास्थ्यकर्मीहरुसंग पौवा होटलमा अन्र्तक्रिया गरिएको पल्लीले बताउनुभयो ।

वैशाख २२ गते शनिवार शुभ लक्ष्मी फर्मामा मिर्गौला रोग सम्बन्धी चेकजाँच र शिविर आयोजना गरिएकाले मौकाको फाइदा लिन समेत पल्लीले गुल्मी लगायत आसपासका बिरामीहरुलाई आग्रह समेत गर्नुभएको छ ।

 

SHARE