तिलाचन पाण्डे
फागुन १९,२०८० गुल्मी : गुल्मीमा एक हप्ताको समयमा नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या बराबर रहेको तथ्य सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्ताको सम्पादित कार्यको प्रगति विवरणमा वैवाहिक अंगिकृत तीन सहित नयाँ नागरिकता १४४ र प्रतिलिपि पनि १४४ जनाले नै लिएको जिल्ला कार्यालयले जनाएको छ ।
सोही समय अवधिमा ३ जनाले गैरआवसीय नागरिकता र १४ जनाले नावलक परिचयपत्र लिएका छन् । जिल्लामा २४० जनाको राहदानी आवेदन संकलन, २५० जनाको राहदानी वितरण, २७८ जनाको राष्ट्रिय परिचयपत्र आवेदन संकलन र २३ जनाको राष्ट्रिय परिचयपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
यस्तै १२५ जनाको पारिवारिक विवरण तथा अन्य प्रमाणित गरिएको प्रशासनले जनाएको छ । सोही समय अवधिमा १ नयाँ संघ संस्था दर्ता भएको छ भने तीन वटा नविकरण भएका छन् । एक हप्तामा राहदानी र संघ संस्था नविकरणबाट १२ लाख ८० हजार २५० रुपियाँ राजश्व संकलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा आएपछि साप्ताहिक प्रगति विवरण सार्वजनिक गर्ने गरिएको छ ।