प्रधानमन्त्रीले शनिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने

0
168
फाइल फोटो

फागुन १९,२०८०काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्।

शुक्रबार शुरू भएको प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत शनिबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

केही दिनअघि मुख्यमन्त्री डिल्लीबहादुर चौधरी काठमाडौँ आएका वेला प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने तय भएको थियो ।

 

SHARE