
फागुन ६,२०८० गुल्मीः गुल्मीमा नियमविपरीत सञ्चालनमा रहेका दुई एग्रोभेट पसललाई जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ ।
आइतबार जिल्लाको सदरमुकाम तम्घासमा रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

औषधी व्यवस्था विभागले दुवै एग्रोभेट सेन्टरको अनुगमन गरेको र इजाजत पत्र लिन अनुरोध गरेको तर सञ्ंचालकले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको टोलीका नेतृत्वकर्ता दिनेश ज्ञवालीले बताए । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले एग्रोभेट सेन्टर सिल गरेको हो ।
रेसुंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हीराबहादुर थापा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रहरी र पत्रकार समेतको उपस्थितीमा एग्रोभेट सेन्टर सिल गरेको हो । एग्रोभेट सेन्टरको थप अनुसन्धानपछि थप निर्णय हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।






