प्रदेसको नाम र राजधानी चालु हिउँदे अधिबेशनबाट टुङगो लगाउछौ : मन्त्री बराल

0
440

माघ २१,२०७६ गुल्मी : प्रदेश नं ५ का सामाजिक बिकासमन्त्री सुर्दशन बरालले प्रदेको नाम र राजधानी चालु हिउँदे अधिबेशनबाट सबैलाई मान्य हुने गरि टुङगो लगाउने बताएका छन् ।
प्रेस सगठन नेपाल गुल्मीले मगंलबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बरालले आउँदो चालु हिउँदे अधिबेसनबाट सबैलाई मान्य हुने गरी प्रदेशको नामाङकरण र राजधानीको बिषयमा टुङगो लगाउने दाबी गरे । बरालका अनुसार प्रदेशको राजधानी र नामाङकरणमा कोही ब्याक्तिको चासो भन्दा पनि प्रदेश ५ का नागरिक सबैलाई मान्य हुने गरी नामाङकरण र राजधानी तोक्दाको दिन सबैको घरमा दीपावली र खुसी हुनेगरी टुङगो लगाउने बताए ।
प्रदेश सरकार प्रदेशका सबै स्थानीय तहहरुको अभिभाबक भएको भन्दै प्रदेशसरकारले अभिभाबक्त्व ग्रहण गरेकाले हाल सम्म प्रदेशलाई आवश्यक पर्ने ४८ वटा कानुनहरु निर्माण गरेको बताए ।
प्रदेस सरकारले कर्मचारी अभाब र नयाँ कर्मचारीहरु आउने जाने क्रमले पनि सोचे अनुरुप काम गर्नमा समस्या भएको भन्दै आगामी दिनमा प्रदेशलाई आबश्यक पर्ने कानुन निर्माण र कर्मचारीहरुको केही ब्यबस्थापन भएकाले जनताले देख्ने गरी नै काम गर्न प्रदेश सरकार लागिपरेको दाबी गरे ।
अर्को एक फरक प्रसङगमा मन्त्री बरालले प्रदेश ५ भित्रका बिपन्न नागरिकहरुका लागि स्वास्थ्य संस्थामा उपचार गर्दा लाग्ने ५० हजार सम्मको उपचार सेवा निशुल्क हुने गरेको र ८४ बर्ष पुरा भएका बृद्ध बृद्धाहरुलाई घरमै गई स्वास्थ्य जाँच गर्ने अभियान प्रभाबकारी भएको समेत दाबी गरे । प्रदेश नं ५ भित्रका नागरिकहरुलाई आधारभूत शिक्षा र स्वास्थमा पहुँच पुर्याउने सरकारको उधेश्य रहेको भन्दै कोही नागरिकलाई रकम अभाबका कारण उपचारमा समस्या नहुने समेत दाबी गरे ।

SHARE