गुल्मीमा निःशुल्क स्वास्थ्य शिबिरमा ३ सय ६५ जनाको आँखा जाँच

0
78
फाइल फोटो

अनिल खत्री
माघ २०,२०८०गुल्मी : गुल्मीमा आँखा उपचारको निःशुल्क शिबिरमा करिब ४ सय जनाले सेवा लिएका छन् । जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मी र मदाने आँखा उपचार केन्द्रको आयोजना तथा मदाने गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा मदाने आँखा उपचार केन्द्र पूर्कोटदहमा २ दिनसम्म निःशुल्क शिबिर चलेको थियो ।

शिबिरमा शिविरमा ३ सय ६५ जनाको आँखा जाँच र ४२ जना बिरामीहरूको मोतिया बिन्दुको शल्यक्रिया निःशुल्क गरिएको आँखा उपचार केन्द्रका बिरबहादुर कार्कीले बताए । शिविरमा विगत २ वर्ष देखि दुवै आँखा नदेख्ने २ जना लगायत सबै बिरामीहरुको शल्यक्रिया सफलता पूर्वक गरिएको थियो ।

शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा अनुसन्धान केन्द्र का बरिष्ठ नेत्ररोग विशेषज्ञ डा कृति जोशी र जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्रका प्राविधिकहरुको संयुक्त टिमको सहभागिता रहेको थियो ।

जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मीले जिल्ला सदरमुकामसँगै ग्रामीण वस्तीमा पुगेर शिबिर सञ्चालन गर्दै आएको छ ।

SHARE