गुल्मी उद्योग संघ लक्षित सांसद भुसालको अभिव्यक्ति प्रति संस्थाको आपत्ति

0
65

अनिष पन्थी

माघ १९,२०८०गुल्मी : गुल्मी उद्योग संघ लक्षित लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालको अभिव्यक्ति प्रति संस्थाले आपत्ति जनाएको छ । बिहिवार पत्रकार सम्मेलनमा उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले सांसद भुसालले महोत्सव प्रती दिएको अभिव्यक्तिमा आपत्ती जनाएका हुन् ।

गत कार्तिक १५ गतेदेखि २७ गतेसम्म उपल्लो तम्घासमा सञ्चालित प्रथम ऐतिहासीक गुल्मी महोत्सवको उद्घाटन सांसद भुसाल अफुले गर्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिएको उद्योग संघ गुल्मीका अध्यक्ष भुसालले दावी गरे । उद्घाटन गर्न नपाएको रिसमा सांसद भुसालले दिएको अभिव्यक्ति प्रती उद्योग संघ गुल्मीले आपत्ती जनाएको अध्यक्ष भुसालले बताए ।

केही व्यक्तिहरुले यो सस्था अनावश्यक भएको, बर्म लुट गर्न खोलिएको, लुटनकै लागि महोत्सव गरिएको भन्ने अनावश्यक टिप्पणी गर्दै हिडेको बताउँदै अध्यक्ष भुसालले लोकतन्त्रमा सस्थाको महत्त्व किन छ ? भनेर अध्ययन गर्न चुनौती दिएका छन्। सोही प्रसङ्गमा सांसद भुसाल प्रती लक्षित गर्दै जनताको भोटले जित्दैमा बुद्धि बढछ भन्ने नभएको बताउँदै अध्ययन गरेर आफ्नो बुद्धि बढाउन समेत आग्रह गरे ।

उद्योग व्यापारको क्षेत्रमा केही गर्छु भनेर आफ्नै जिल्लामा बसेका युवाहरुले खोलेको सस्थालाई आवश्यक नदेख्नेले बिगतमा आफू सस्थामा आवद्ध किन भएको भनेर समेत सांसद भुसाल प्रती संघका अध्यक्ष भुसालले प्रश्न खडा गरेका छन् ।
उमेर पुगेर र कपाल फुलेर मात्र नभैइ आफ्नो सोचमा समेत परिपक्वता र परिवर्तन ल्याउन समेत चुनौती दिएका छन् ।

महोत्सवको आम्दानी खर्च सार्वजनिक

पत्रकार सम्मेलनमा उद्योग संघ गुल्मीले महोत्सव संचालन गर्दा भएको आम्दानी र खर्च सार्वजनिक गरेको छ । महोत्सव संचालनका क्रममा कार्यालय व्यवस्थापन गर्न ७ लाख १७ हजार खर्च भएको अध्यक्ष भुसालले जानकारी दिए । सचिवालय खर्च ८० हजार , प्रचारप्रसारमा ३ लाख , मन्च ब्याज मालामा ६० हजार , छपाइमा १ लाख २० हजार, खाजा नास्तामा ७५ हजार, र्याली बाजाको लागि ८२ हजार खर्च भएको बताए । यस्तै नगरपालिकालाई केहि रकम तिर्न र जग्गाको भाडा तिर्न बाकि रहेको समेत जानकारी गराए । महोत्सवबाट १८ लाख ३० हजार आम्दानी भएको र अझै १० लाख रकम उठन बाकी रहेको अध्यक्ष भुसालले बताए ।

महोत्सवमा आफुहरुले आसा गरेभन्दा पनि धेरै सफलता पाएको उद्योग संघ गुल्मीका महासचिव सुदर्शन खनालले बताए ।
आफुहरुको मुख्य उदेश्य तम्घासस्थान मन्दिरको प्रचार र प्रबर्द्धन गर्नु भएको बताउँदै महोत्सवबाट मन्दिरमा केहि परिवर्तन आएको बताए । महोत्सवको उदेश्य पूरा भएको र आगामी दिनमा थप चुनौतीका बाबजुद पनि सस्था अगाडि बढने खनालले बताए ।

उद्योग संघ गुल्मीले कार्तिक १५ गतेदेखि २७ गतेसम्म “उद्योग कृषि र पर्यटनमा उनिएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड रेसुङ्गा” भन्ने मुल नारासहित रेसुङ्गा नगरपालिकाले सुरु गरेको “जाउँ हिड रेसुङ्गा” अभियानलाई साथ दिदै उपल्लो तम्घासमा पहिलोपटक ऐतिहासिक प्रथम गुल्मी महोत्सव गरेको थियो ।

SHARE