राष्ट्रहितलाई केन्द्रमा राखेर एमसिसी बिबाद टुङगो लगाउछौ : परराष्ट्रमन्त्री ज्ञवाली

0
370

माघ २१,२०७६ गुल्मी  :नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको राष्ट्रहितलाई केन्द्रमा राखेर अमेरीकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेश एमसिसी बिबाद टुङगो लगाउने बताएका छन् ।
पे्रस संगठन नेपाल गुल्मीले मंगलबार गुल्मीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले राष्ट्रहितलाई केन्द्रमा राखेर एमसिसी बिबाद समाधान गर्ने बताएका हुन् ।
एमसिसीको बारेमा स्पस्ट नभएका र अध्यननै नगरी बाहिर धेरै हल्ला भएको भन्दै मन्त्री ज्ञवालीले पहिले अध्ययन गर्न र बोल्नका लागि आग्रह गरे । अहिले बाहिर सैन्य रणनीतिलाई समेत जोडेर हल्ला फैलाएको भन्दै हल्लाका पछि नलाग्न र सत्य तथ्यका आधारमा रहेर बोल्न समेत मन्त्री ज्ञवालीले आग्रह गरे ।
आफू एमसिसीको बिषयमा छलफल गर्न बनाएको कार्यदलको सदस्य समेत रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले राष्ट्रहित बिपरित कुनै सम्झौता नगर्ने भन्दै अध्ययन गरी बिस्तृत प्रतिबेदन १० दिन भित्र बुझाउने पनि बताए । मन्त्री ज्ञवालीले बाहित त्यसै हल्ला गर्नुभन्दा पहिले अध्ययन गर्न र बोल्न आग्रह समेत गरे ।
अर्को एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले दूई ठुला पाटीहरु नेकपा एमाले र माअ‍ेबादी केन्द्र एक भएपश्चात बाहिर आएका धेरै अनुमानका खेतीहरु समाप्त भएको समेत दाबी गरेका छन् ।
पहिले बाहिर यी दूई पाटी एक हुन सक्दैनन् र र भइहालेपनि केही समयसम्मका लागि मात्रै भन्दै हल्ला फिजाउनेहरु र अनुमानका भरमा बाहिर हल्ला फिजाउनेहरुको समेत अन्त्य भएको दाबी गरे । मन्त्री ज्ञवालीले अब पाटीमा पुर्व एमाले र माओबादी केन्द्र भन्ने नरहेको भन्दै सबै नेकपा हौ भन्ने रहेको बताए । पहिले जुनसुकै पृष्ठभूमीबाट आएको भएपनि अब पाटी एकीकरण भएसंगै हामी नेकपा हौ भन्ने गरी काम गरिरहेकाले नेकपाले गर्ने कार्यहरुमा कुनै असर नपर्ने बताए ।
पछिल्लो समयमा देशमा बिकासले गति लिएको भन्दै लामो समयदेखि अलपत्र रहेका योजनाहरुले पनि गति लिन थालेको बताए । निर्माण ब्यबसायीहरुले धेरै काम ओगटने तर बिभिन्न बाहना बनाएर समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यबसायीहरुलाई पनि कारबाहीको दायमा ल्याउन लागेपछि कामले तिब्रता पाएको मन्त्री ज्ञवालीको दाबी छ ।
देशमा अब बिधि र कानुनको शासन लागु भएकाले कानुनको नजरमा पहुँचवाला र सर्बसाधरण बराबर भएको भन्दै गल्ती गर्ने कसैलाई पनि कानुनको दायरामा ल्याएरै छाड्ने मन्त्री ज्ञवालीले दाबी गरे । मन्त्री , कर्मचारी र अख्तियारकै प्रमुखहरु पनि भष्ट्रचार काण्डमा फसेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले साना माछाहरु मात्र समातिने र ठुला माछाहरुलाई नसमात्ने भन्ने हल्लाको पनि खण्डन गर्दै भ्याट छलीमा संलग्नहरुलाई पनि कानुनको दायरमा ल्याएको दाबी गर्दै उक्त उदाहरण समेत पेश गरे ।

SHARE