गुल्मीदरबारमा गाउँसभाको चौधौं अधिवेशन सुरु

0
124

पुस २६,२०८० गुल्मीःगुल्मीको गुल्मीदरबार गाउँपालिकाले गाउँसभाको चौधौं अधिवेशन सुरु गरेको छ । बिहीबारदेखि गाउँपालिकाले सभाहलमा चौधौं अधिवेशन सुरु गरेको हो ।

गुल्मीदरबार गाउँपालिका तथा गाउँसभा अध्यक्ष सरोजकुमार थापाले चौधौं अधिवेशन शुभारम्भ गर्नुभयो । त्यसलगत्तै गाउँ सभा सदस्य मुकेश थापाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी विधेयक २०८० सभामा पेश गर्नुभयो । उक्त विधेयक सम्बन्धी १५ दिनसम्म गाउँ सभा सदस्यहरुले राय सुझाव तथा संशोधन सम्बन्धी प्रस्ताव पेश गर्न सक्नुहुनेछ ।

गाउँसभा सचिव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले चालु आर्थिक वर्ष २०८०र०८१ को हालसम्म भएको वित्तीय प्रगति प्रस्तुत गर्नुभयो । उहाँले गाउँपालिकाको कुल बजेट ४६ करोड ५५ लाख ४८ हजार भएकोमा आम्दानी १४ करोड ७२ लाख ५२ हजार भएको बताउनुभयो । उहाँले हालसम्म ८ करोड ८२ लाख १६ हजार खर्च भएको सभामा जानकारी दिनुभयो । जून खर्च कुल बजेटको १८.९४ प्रतिशत हो ।

गाउँसभा तथा गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले चालु आर्थिक वर्षको हालसम्म गाउँपालिकाले गरेका मुख्य उपलब्धिहरु सभामा प्रस्तुत गर्नुभएको थियो ।लाइभ गुल्मी

SHARE