१५ जनामा कोरोना सकंम्रण पुष्टि

0
93

पुस २४,२०८० काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको सार्वजनिक गर्दै बागमती प्रदेशमा नयाँ १० जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ।

 

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मङ्गलबार यस प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमित फेला परेको जनाएको छ। सोमबार साँझको मन्त्रालयद्वारा कोरोनासम्बन्धी विवरणमा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा सङ्क्रमण शून्य रहेको थियो। पछिल्लो २४ घण्टामा नेपालभरमा १५ जना कोरोना सङ्क्रमित थपिएको तथ्याङ्क छ।

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा २१ जनाको स्वाव परीक्षण गर्दा १० जनामा कोभिड १९ भेटिएको हो।

SHARE