सडक निर्माणमा गुणस्तरहीन सामाग्रीको प्रयोग

0
983

तिलाचन पाण्डे
माघ २०,२०७६ गुल्मी  :गुल्मीमा सडक निर्मामा गुणस्तरहीन सामाग्रीको प्रयोग भएको पाइएको छ ।
जिल्लाको मुसिकोट नगरपालिकाको रातडाडा पौदीअमराई नेटा दर्लिङ ह्वाङदी सडक खण्डमा सडक निर्माणको क्रममा माटो मिसिएको गिटी र ग्याबिङवालमा मापदण्डबिपरित माटो र सोलीङमा माटोवाला ढुङगाको प्रयोग भएको र बालुवा छान्ने जालीको नाममा ग्याबिङवालमा लगाउने जाली देखाउनका लागि मात्रै राखेको पाइएको छ । त्यती मात्रै होइन वालमा बिचमा खाली स्थान राखी माथिबाट ढुङगाले पुरिदिने र माथिबाट हल्का रुपमा टाल्ने काम मात्रै गरेको पाइएको छ ।


२०७३ भदौ २९ गते ९ करोण ९१ लाखमा तत्कालिन तम्घास सिमलटारी प्यूठान सडक परियोना संग सम्झौता गरि काम गर्ने जिम्मा पाएको सुर्य कन्ट्रक्सर्न सुर्खेतले निर्माण गरेको सडमा गुणस्तरहीन साम्रागीको प्रयोग भएको पाइएको हो । तत्कालिन तम्घास सिमलटारी प्यूठान सडक परियोजासंग २०७३ भदौ २९ मा सम्झौता गरी २०७६ मङसिर १८ गते काम सम्पन्न गर्नुपर्ने भएतापनि हाल सम्म ७० प्रतिशत मात्रै काम सम्पन्न भएको हाल सो परियोजना खारेज भएपश्चात सडक हेर्दै आएको सडक पुर्वाधार कार्यलय कपिलबस्तुका इन्जिनियर नारन पन्थीले जानकारी दिए । पन्थीका अनुसार सडक निर्माणमा गुणस्तरहिन साम्रागीको प्रयोग भएको थाहा पाएपश्चात निर्माण कार्यलाई रोकि गुणस्तरमा ध्यान दिएको दाबी गर्दै आगामी दिनमा यसरी सडक निर्माणमा लापरबाही नगर्ने गरी निर्माण ब्यबसायीलाई सचेत गराएको दाबी गरे।
सडक निर्माणमा लापरबाही गर्ने अधिकार कसैलाई नभएको भन्दै कार्यलयले गुणस्तरतामा ध्यान दिएको पन्थीले दाबी छ । सडक निर्माणको काम सक्नुपर्ने समय अबधि सकिदा पनि हालसम्म ७० प्रतिशत मात्रै काम सम्पन्न भएकोमा कार्यलयको ध्यान गएको भन्दै सार्बजनिक खरिद ऐन नबौ सम्शोधन अन्र्तगत रहि म्याद थपको प्रक्रियामा रहेको सडक पुर्वाधार कार्यलय कपिलबस्तुले जनाएको छ ।
सुर्खेत कन्ट्रक्सनका सो सडक हेनै जिम्मा पाएउनुभएका सौगात डाँगीलाई सम्पर्क गर्दा निर्माणमा केही कमजोरी भएमा आफूहरु सुधार गरेर जान तयार रहेको बताए । उनले आफू केही दिन सो साइडमा नभएको समयमा मौका छोपी कामदारहरुले लापरवाही गरेको हुन सक्ने आफू पन्छिने बाहाना बनाए । निर्माण कार्य सम्पन्न गर्नुपर्ने समय सकिदाँ पनि किन हालसम्म ७० प्रतिशत मात्रै काम भन्ने खबर मार्केटको प्रश्नमा समयमा निर्माण सामाग्रीको अभाब र स्थानीय स्तरमा आउने बिबादका कारण पनि निर्माण कार्य समयमै सम्पन्न गर्न नसकेको भन्दै बिभिन्न बाहनाहरु बनाउन समेत बाँकप् राखेनन् । उनले अब थपिने म्यादसम्म काम सम्पन्न गर्र्न आफू लागेको समेत दाबी गरे ।
निर्माणमा लापरबाही भएको छ : मेयर सापकोटा
यता मुसिकोट नगरपाmिलकाका प्रमुख सोमनाथ सापकोटाले सडक निर्माणमा लापरबाही भएको बताए । उनले पटक पटक सम्बन्धित निकायसम्म खबर गर्दा पनि सुधार नभएको बताउदै आएका छन् । सडक निर्माणमा लापरबाही गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै सम्बन्धित निकायले नै यसमा ध्यान दिनुपर्ने र निर्माण ब्यबसायीहरुले पनि बिभिन्न बाहानाहरु बुन्ने गरेको उनले बताए ।

SHARE