चन्द्रकोटमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

0
172

पुस २०,२०८० गुल्मीः चन्द्रकोट गाउँपालिकामा पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुक्रबारदेखि सुरु भएको छ।

श्री उदय माध्यमिक विद्यालय शान्तिपुरमा भएको उदघाटन समारोह गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीको अध्यक्षतामा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खत्रीले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । पछिल्लो समयमा खेलकुद प्रति आकर्षण बढ्दो रहेको भन्दै अझै ब्यबस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

 

गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले स्वागत मन्तव्य रहेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी लगायतको उपस्थिति भएको थियो।

गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले खेलकुदको बिकास गर्नका लागि पालिकाले प्राथमिकता दिएको बताउनुभयो । खेलकुदका साथै युवाहरुलाई स्वदेशमानै टिकाइ राख्नका लागि पालिकाले योजना बनाएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, कराँते, लगायतका खेल समावेश गरिएको छ।

पुष २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ११ विद्यालयका विद्यालयका करिब ५०० विद्यार्थीले प्रतिस्पर्धा गर्ने गाउँपालिकाका शिक्षा अधिकृत नयनसिंह ठकुरीले जानकारी दिनुभयो।

SHARE