गुल्मीमा आगलागीबाट गोठ जलेर नष्ट

0
108

मंसिर २७,२०८० गुल्मीः गुल्मीमा आगलागीका कारण जस्ताले छाएको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

गएराती  गुल्मीदरबार गाउँपालिका वडा नम्वर ६ भलायचौरका नारयण खड्काको काठले बनेको र जस्तापाताले छाएको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

गोठमा आगलागी हुँदा एक लाख पचास हजार रुपियाँ बराबरकको क्षती भएको र आगलागी कारण खुल्न नसकेको पाण्डेले बताए । गोठमा घाँस र काठहरु रहेको थियो ।

आगोलाई स्थानीय र प्रहरीको साथमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

SHARE