नेकपाले सुल्झाएन एमसिसी विवाद, चर्को आलोचनापछि बनाइयो कार्यदल

0
505
g]skfsf cWoIf …k|r08Ú nufot bf];|f] k""0f{ a}7ssf7df8f}Fsf] /fli6«o;ef u[xdf a'waf/b]lv ;'? ePsf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] s]G›Lo ;ldltsf] bf];|f] k""0f{ a}7sdf pkl:yt k|wfgdGqL s]kL zdf{ cf]nL, g]skfsf cWoIf k''iksdn bfxfn …k|r08Ú nufot g]tfx? . t:jL/ M k|bLk/fh jGt÷/f;;

माघ १९, २०७६ काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीको विवाद कायमै रहेको छ। नेकपाको स्थायी कमिटीको बैठकबाट फैलिएको एमसिसी विवाद केन्द्रीय कमिटीको बैठकमा टुंगिएन।

स्थायी कमिटीको बैठकमा एमसिसी पारित गर्ने नगर्ने विवादले उग्ररुप लिएपछि त्यसको जिम्मा सचिवालयलाई दिइयो। तर, एमसिसीको बिषयमा सचिवालयले निर्णय लिन नसक्दै लगत्तैको केन्द्रीय कमिटीको बैठकमा पनि एमसिसी विवादले चर्को रुप लियो। केन्द्रीय कमिटीको बैठक उद्घाटनको क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसिसी संसदबाट पास हुने बताएका थिए। तर, राष्ट्र र राष्टियतासँग जोडिएको बिषयमा प्रधानमन्त्री विवादास्पद भनाइले बैठकमा चर्काचर्की पर्‍यो। एमसिसी औपचारिक एजेण्डा नभएको बैठमा प्रमुख बहस नै यसैमा केन्द्रित भयो।

एमसिसीमा चर्को विवाद भएपछि केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल निर्माण समेत गरेको छ। खनालको नेतृत्वमा स्थायी कमिटी सदस्यद्धय भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन्। एमसिसीबारेमा अध्ययन गर्न निर्माण गरिएको कार्यदलले आवश्यक सुझाव संकलन र अध्ययनपछि १० दिनभित्रमा नेतृत्वलाई प्रतिवेदन दिनेछ। यद्यपि, कार्यदल निर्माण गरिए पनि बैठक समापनको क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसिसी पास हुने धारणा राख्‍न छाडेनन्। निकट भविष्यमा एमसिसीबारे सकारात्मक कदम चाल्ने प्रधानमन्त्री ओलीको भनाई छ। बैठकमा चर्को आलोचना आएपछि निर्माण गरेको कार्यदलले एमसिसीको बारेमा थप अनुसन्धान गर्ने बताइएको छ। एमसिसीको चर्को विरोध गर्ने रावललाई पनि यहि कार्यदलमा रहेका छन्। एमसिसीको बिषयमा आवश्यक छलफल र अध्ययन गरेपछि प्रतिवेदन पेश हुने कार्यदल सदस्य रावल बताउँछन्। ‘हामीले एमसिसीको बिषयमा थप अध्ययन गछौँ। त्यसको मुख्य उद्देश्य र प्राप्तिको बारेमा जानकारी लिएपछि मात्रै त्यसबिषयमा निर्णय हुन्छ’, उनले भने। एमसिसीको बिषयमा पार्टीले आवश्यक छलफल गरेर मात्रै निर्णय लिने अर्की स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। ‘पार्टीको शीर्ष नेतादेखि जनस्तरसम्म एमसिसीको बिषयमा दुई फरक धारणा आइरहेका छन्। त्यसैले एमसिसीको बिषयमा थप अध्ययन गर्नुपर्छ,’ उनले भनिन्। ‘प्रधानमन्त्री ओलीले एमसिसी पास गर्नुपर्ने धारणा दिइरहँदा धेरै केन्द्रीय सदस्यले फरक धारणा राखेपछि कार्यदल निर्माण भएको छ’, उनले भनिन्, ‘यस बिषयमा थप अध्ययन गरेपछि सबैको सहमतिमा पास गर्दा उपयुक्त हुन्छ।’
थाहाबाट

SHARE