गुल्मीमा माबी स्तरीय फुटबल प्रतियोगिता हुँदै

0
192

मंसिर २३,२०८० गुल्मीः गुल्मीमा ३५ हजार राशिको पुरुष फुटबल प्रतियोगिता हुन लागेको छ ।

जिल्लाको फोर्टिन स्टार युवा क्लवले आफ्नो १३ औँ बार्षिकोत्सवको अवसरमा आगामी पौष ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रमबारे आज शनिबार गुल्मीको धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गाको यज्ञशाला मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

प्रतियोगितामा कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् । ‘चौथो फोर्टिन स्टार कप–२०८०’ नाम दिइएको उक्त प्रतियोगिता गुल्मी सदरमुकाम तम्घासको चिदिचौरमा हुने क्लवका अध्यक्ष विक्रम सिंह बुढाथोकीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार र द्धितिय हुनेलाई २५ हजारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । आयोजकले आज नै प्रथम र द्धितियका ट्रफी समेत सार्वजनिक गरेको छ ।

प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थी खेलाडीहरुले अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको मार्कसिटको प्रतिलिपी उपलब्ध गराउनुपर्ने, खेलाडी अनिवार्य रुपमा पोशाकमा उपस्थित हुनुपर्ने लगायतका नियम पनि आयोजकले सार्वजनिक गरेको छ । प्रतियोगितामा खेलाडीलाई प्राथमिक उपचार र एक लाख बराबरको म्यादी बीमा समेत गरिने क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए ।

SHARE