विश्व सिमसार दिवस नेपालमा पनि विभिन्‍न कार्यक्रम गरी मनाइँदै

0
589

माघ १९, २०७६ काठमाडौं  : आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको नारा सिमसार र जैविक विविधता तय गरिएको छ। दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले पोखरामा विशेष कार्यक्रम आयोजना गरेको छ।

जिल्लास्तरमा पनि डिभिजन वन कार्यालयहरुले सिमसार क्षेत्रको महत्व र जनचेतना सम्बन्धी विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन्। जलवायु परिवर्तनको असरले पानीको मुहान सुक्दै जाने तथा हिमालको हिँउ पग्लेर काला पहाड बनिरहेका बेला सिमसार क्षेत्रको संरक्षण र प्रचार प्रसारको महत्वपूर्ण भूमिका हुने सरोकारवालाले बताएका छन्। विश्वका सिमसार क्षेत्रलाई संरक्षण गर्ने उद्देश्यले सन् १९१७ मा इरानमा रामसार महासन्धी भएपछि यो दिवस मनाउन थालिएको हो। जलवायु परिवर्तन र सिमसार क्षेत्र संरक्षणको असर र औचित्य देखिएपछि नेपालमा पनि सिमसार दिवस मनाउन थालिएको जलवायु परिवर्तनका विज्ञले जनाएका छन्। सन् १९८७ मा कोसी टप्पुलाई रामसार सूचिमा सूचिकृत गराउन सफल नेपाल सन् १९८८ मा रामसार महासन्धिको पक्षराष्ट्र बनेको हो।

नेपालमा ६० हजार ५ सय ६१ हेक्टर क्षेत्रफल रामसारले ओगटेको छ। नेपालमा वि।सं। २०५९ सालमा सिमसार संरक्षण नीति बनेकोमा २०६९ मा परिमार्जन गरी विभिन्न कार्यक्रम गरेपनि सिमसार क्षेत्र जोखिममा रहेको विज्ञको भनाई छ। चितवनको बिसहजारी ताल, कपिलवस्तुको जगदीशपुर ताल, कैलालीको घोडाघोडि, मुगुको रारा, रसुवाको गोसाइकुण्ड, डोल्पाको से–फोक्सुण्डो, सोलुखुम्बुको गोक्यो, इलामको माइपोखरी र कास्किका ९ वटा ताल रामसार सूची सुचिकृत छन्। नेपालमा १ सय ९३ प्रजातीका चरा र ८९ प्रजातिका जीव सिमसार क्षेत्रमा आश्रित रहेका छन्।
थाहाबाट

SHARE