ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

0
101

मंसिर ४,२०८० : पुतलीबजार नगरपालिका वडा नं १४ भिरबारीमा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

सोमबार भित्रि सडक खण्डमा तोप्सेबाट लामागेतर्फ आउँदै गरेको ग १ त ४९८७ नं। को ट्याक्टर बाटोमा पल्टिदा चालक दाङ जिल्ला दंगीशरण गापा ४ का २८ वर्षिय रामहरी चौधरीको मृत्यु भएको हो ।

ट्याक्टरले च्यापिदाँ चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले जानाकारी दिए। घटनाको थप अनुसन्धान कार्य अगाडि बढाएको रानाले बताए ।

SHARE