भलिबल संघ गुल्मीको आयब्याय विवरण सार्वजनिक

0
184

कात्तिक २१,२०८०गुल्मी : जिल्ला भलिबल संघ गुल्मीले पालिकास्तरीय भलिबल प्रतियोगिताको आयव्याय विवरण सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले प्रतियोगिता अवधिभर आठ लाख ७२ हजार ५१९ आम्दानी भएको जनाएको छ ।

जसमा प्रायोजक र सहयोग दाताबाट सात लाख ९० हजार १९ र टिम दर्ताबाट ८२ हजार पाँच सय संकलन भएको छ । प्रतियोगितामा कुल नौ लाख १३ हजार २७६ खर्च भएको छ । जसमा पुरस्कार राशितर्फ दुई लाख ६२ हजार ७७६, होटल खर्च र स्वयम् सेवकतर्फ दुई लाख ५० हजार, अफिसिलयल खर्च ९० हजार, विज्ञापनमा ५० हजार खर्च भएको छ ।

त्यसैगरी त्यसैगरी साउण्ड सिस्टममा २५ हजार, स्टेशनरीमा २० हजार, खेल सामग्रीमा ८२ हजार, स्वयम् सेवक पोशाखमा ४५ हजार र ८८ हजार पाँच सय विविध खर्च भएको संघका महासचिव नारायण आचार्यले जानकारी दिए । प्रतियोगिता संचालन गर्दा अहिलेसम्मको हिसाबअनुसार आयोजकले ४० हजार ७५७ व्यहोर्नेछ ।

तर गुल्मीदरबार गाउँपालिकाबाट भने संघलाई आर्थिक सहयोगको आश्वासन आएको आयोजकले जनाएको छ । जिल्ला भलिबल संघले संचालन गरेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको महिला र पुरुष दुवैतर्फ सत्यवती प्रथम र कालिगण्डकी द्धितिय भएका थिए ।

त्यस्तै महिलातर्फ गुल्मीदरबार तृतिय एव्ं रुरुक्षेत्र सान्तवना र पुरुषतर्फ चन्द्रकोट तृतिय र मुसिकोट सान्त्वना भएका थिए ।
प्रतियोगिता कात्तिक १५ गतेदेखि १८ गतेसम्म सदरमुकाम तम्घासको चिदिचौरमा चलेको थियो ।

SHARE