जिप दुर्घटनामा चार जनाको मृत्यु ,पाँच घाइते

0
74

कात्तिक १९,२०८० डोटी: कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के।आई सिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका– ६ अण्यौल स्थित सेती नदी जिप खस्दा बाजुरा जिल्ला हिमाली गाउँपालिका –५ बस्ने वर्ष २२ का राधिका मलाल, सोही ठाउँका वर्ष ३२ का धन शोभा बुढा, ८ महिनाका प्रार्थना मलाल र वर्ष ६ का कवीन्द्र बुढा रहेका छन् ।

 

आइतबार बिहान २ बजेर २८ मिनेट तिर ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट करिब ५० मिटर भन्दा तल सेती नदीमा खसेको छ ।

दुर्घटनामा परि घाइते भएकाहरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको बताइएको छ । बोलेरो चालक बाजुरा जिल्ला गौमुल गाउँपालिका –४ काँडा कोट बस्ने वर्ष २१ को महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

SHARE