राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीको भवन निर्माण हुँदै

0
117

कार्तिक १८,२०८० गुल्मी:राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीको निर्माणाधिन भवनको शिलन्यास गरिएको छ ।

 

राष्ट्रिय अनुसन्धान कार्यालय लुम्बिनी प्रदेशका प्रमुख निर्देशक ओम बहादुर खड्काले भवनको शिलन्यास गरेका थिए । सोहि अवसरमा बोल्दै खड्काले भवनको अभावमा कार्यसम्पादनमा हुने थुप्रै अप्ठ्याराहरुको अनुभव व्यक्त गर्दै समयमै काम सम्पन्न गर्न निर्माण व्यावसायीलाई आग्रह गरे । साथै कामको गुणस्तरियतामा चनाखो बन्न जिल्ला कार्यालय प्रमुख र सरोकारवालााई अनुरोध गरे । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जग्गा प्राप्ती र प्राविधिक पक्षका बारेमा जानकारी गराउँदै समयमै काम गर्न निर्माण व्यावसायीको ध्यानाकर्षण गराए ।

 

 

शिलन्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान प्रदेश प्रमुख खड्का, जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी गैरै, प्रहरी प्रमुख नविन किशोर प्रधान लगायत सुरक्षा निकाय प्रमुख, रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि अर्याल लगायतको उपस्थिती रहेको थियो । जग्गा नहुँदा अहिलेसम्म कार्यालयको आफ्नो भवन थिएन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको कोठाहरुबाट राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीले कार्यसम्पादन गरिरहेको छ ।

 

जिल्ला प्रशासन कार्यालय गुल्मी राष्ट्रिय अनुसन्धान कार्यालयलाई ०७८ साल कार्तिकमा चार आना जग्गा प्राप्ती भएको थियो । सोहि जग्गामा भवन निर्माणको लागि ०८० जेठ २९ गते बोलपत्र आव्हान भएको राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीका कार्यालय प्रमुख बरिष्ठ अनुसन्धान अधिकृत बिनय चर्तुवेदीले जानकारी दिए ।

 

उनका अनुसार पाँच निर्माण कम्पनीहरुको प्रस्तावमध्ये २२ प्रतिशत घटि जोग्मा एण्ड डिएण्डीले दुई करोड तीन लाख ५९ हजार पाँच सय २० रुपैयाँमा भवन निर्माणको जिम्मा पाएका छन् । ढाइ तले कार्यालय प्रमुखको आवास, गार्डरुमसहित १४ कोठे भवन निर्माण हुने बरिष्ठ अनुसन्धान अधिकृत चर्तुवेदीले बताए ।

 

उनले जग्गा प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय र जग्गा प्राप्तिका लागि सहजीकरण गर्ने सवैलाई आभार प्रकट गरे । कार्यक्रममा निर्माण व्यावसायीको तर्फबाट भोज प्रसाद श्रेष्ठले तोकिएको मापदण्ड अनुसार समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए ।

SHARE