गुल्मीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १२ जना पक्राउ

0
216
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

कात्तिक १२,२०८० गुल्मीः गुल्मीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १२ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ४ ठुलीचौरमा सराँय नाच कार्यक्रम पश्चात मादक पदार्थ सेवन गरी होल्ला गर्ने १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका वडा नम्वर ३ का ३९ वर्षीय सन्तबहादुर थापा,२७ वर्षीय केशब खडका, २४ वर्षीय अनिल थापा,१९ वर्षीय विशाल थापा,२२ वर्षीय विकल्प थापा , ३३ वर्षीय नरेन्द्र थापा,३१ वर्षीय नरेन्द्र थापा,४२ वर्षीय नारायण थापा,१९ वर्षीय विपीन थापा, ३३ वर्षीय गुञ्जबहादुर थापा, वडा नम्वर ८ का २० वर्षीय साहिल जिशी र रुपन्देही तिलोत्तमा ११ घर भई अर्जैमा कोठा भाडा गरी बस्ने २४ वर्षीय अनिल ठकुरी रहेका छन् ।

 

स्थानीयले होहल्ला भएको जानकारी प्रहरीलाई टेलीफोन मार्फत गराए पश्चात खटिएको प्रहरी टोलीमाथि नै अपशब्द बोल्ने र शान्ती सुरक्षा भंग गरी होहल्ला गरेको आरोप उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सार्वजनिक शान्ती विरुद्धका कसुरमा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE