पाल्पाका सात जुवाडे पक्राउ

0
127

कात्तिक १२,२०८० पाल्पा :जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ ।

शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास र ९२ हजार ४२५ रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका जुवाडेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE