शैक्षिक प्रदर्शनीमा शिव मावि आँपचौरका विद्यार्थीले उडाए रकेट

0
437

सागर भण्डारी
माघ १७,२०७६ गुल्मी :बिहिवार वामीटक्सारको आकाशमा एक्कासी रकेट देखियो । मुसिकोट महोत्सवको अवलोकन गर्न आएका दर्शकहरुको ध्यान एक्कासी रकेट तिर पर्यो । महोत्सवमा आयोजना गरिएको शैक्षिक प्रदर्शनीमा शिव माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नं ५ आँपचौर तल्लाफाँटका विद्यार्थीले निर्माण गरेको रकेट आकाशमा उडेपछि विद्यालयका शिक्षकहरु र उक्त सामाग्रीहरु निर्माण गर्ने विद्यार्थीहरु खुसी देखिन्थे । साथै महोत्सव अवलोकन गर्न आएका दर्शकहरुमा पनि एउटा उल्लास थपियो ।
उक्त विद्यालयका विद्यार्थीले निर्माण गरेको रकेट सगैं हाईड्रोलिक ईस्काभेटर, रुख गोड्ने मेसिन लगायतका सामाग्रीहरु प्रदर्शन गरेका थिए । आयोजक मुसिकोट उद्योग वाणिज्य सघंले प्रतियोगीताकै रुपमा आयोजना गरेको शैक्षिक प्रदर्शनीमा उक्त विद्यालय प्रथम स्थान समेत हासिल गर्न सफल भयो ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु राहुल कुमाल, अविषेक अर्याल, सन्देश भट्टराई , विकास अर्याल र विकाश लम्तरीले उक्त सामाग्री झण्डै ३ दिनमा निर्माण सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम काफ्लेले जानकारी दिनुभयो । विद्यार्थीहरुको उक्त सामाग्री निर्माण गर्न विद्यालयको तर्फबाट सम्पूर्ण सहयोग आफु लगायत अन्य शिक्षकहरुले गरेको उहाँले बताउनुभयो । विज्ञान शिक्षकहरु दामोदर खड्का, निर्मल गौतम र कृष्ण सुर्यवशींले विशेष सहयोग गरेको उहाँले बताउनुभयो ।
७ विद्यालयको सहभागीता
प्रथम गुल्मी मुसिकोट महोत्सवको अवसरमा आयोजना गरिएको शैक्षिक प्रदर्शनी कार्यक्रममा नगरपालिका भित्र रहेका ७ वटा विद्यालयले सहभागीता जनाएका थिए । बिहिवार र शुक्रवार २ दिन महोत्सव स्टलमा प्रदर्शनमा राखिएका शैक्षिक सामाग्रीहरुमा विद्यार्थीद्धारा निर्मित विभिन्न प्राकृतिक प्रकोप बाट बच्ने तरिकाका विषय, सुरक्षित आवास निर्माण सम्बन्धी चित्रकला, हस्तनिर्मित सामाग्री, विज्ञान, गणित एवं सामाजिक विषयका विभिन्न चित्रकला, रकेट, लगायतका सामाग्रीहरु प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा शिव शकंर माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नं ५ आँपचौर, ददल्का माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ९ अर्लाङकोट, नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालय मुसिकोट नगरपालिका १ पौँदीअमराई, जनज्योति माध्यमिक विद्यालय मुसिकोट १ पौँदी अरेवा, गोल्डेन फ्यूचर ऐकेडेमी मुसिकोट नगरपालिका वडा नं ७ वामी, सितापुर माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ९ अर्लाङकोट र महेत्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामी गरी ७ वटा विद्यालयले सहभागीता जनाएका थिए ।
३ विद्यालय उत्कृष्ट
मुसिकोट नगरपालिका भित्रका विद्यालयहरुलाई लक्षित गरेर आयोजना गरिएको प्रदर्शनीमा शिवशकंर माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ५ आँपचौर तल्लाफाँट प्रथम भएको छ । त्यस्तै महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामी द्धितिय एवं गोल्डेन फ्यूचर ऐकेडेमी मुसिकोट नगरपालिका ७ वामी तृतीय भएका छन् । कार्यक्रममा सहभागी सात वटा विद्यालयमध्ये प्रथम, द्धितिय र तृतीय हुने प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिका प्रमुख दान बहादुर केसी र मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख देविराम शर्मा लगायतले पुरस्कार वितरण गर्दै बदाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम निकै महत्वकाक्षीं
शिवशकंर माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम काफ्लेले विद्यार्थीहरुको प्रतिभा विकास र प्रस्फुटन गर्ने यस्ता कार्यक्रमहरु यस अगाडी आयोजना नगरिएकाले अवसर नपाएका विद्यार्थीले वाणिज्यसघंले मुसिकोट महोत्सवको अवसरमा आयोजना गरिएको प्रदर्शनीमा प्रस्तुत गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै यस्ता कार्यक्रमहरु मुसिकोट नगरपालिकाको तर्फबाट पनि आयोजना हुन सकेमा नगरपालिका भित्र रहेका जनशक्तिहरुको पहिचान र उनीहरुको हौसला बढ्ने उहाँको भनाई छ । कार्यक्रमले विद्यार्थीहरुमा हौसला र अझै नयाँ केही गर्नु पर्छ भन्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

SHARE