गुल्मीदरबार गाउँपालिकाले अविबाहित महिला पुरुषलाई भत्ता दिने

0
86
तस्बिर : खबरमार्केट

असोज २,२०८० गुल्मी :गुल्मीदरबार गाउँपालिकाले अविबाहित महिला पुरुषलाई भत्ता दिने भएको छ ।

गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविबाहित पुरुषलाई समाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्विकृत कार्यक्रम अन्र्तगत श्रावण महिना देखी सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिनेगरी सूचना प्रकाशन गरेको छ ।

अविबाहित पूरुष र महिलाहरु पनि कुनै न कुनै रुपमा पीडित भएको र उनीहरुलाई एकल भएको महशुस नगराउनका लागि प्रति महिना एक हजारका दरले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगतबाट भत्ता दिने गाउँपलिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए ।

अविबाहित महिला पूरुषहरुको साथमा गाउँपालिका रहेको अनुभूति दिनका लागि आफूहरुले यस्तो कार्यक्रम ल्याएको र श्रावण महिनाबाटै लागु हुने गरी भत्ता प्रदान गर्ने थापाले बताए ।

पालिका भित्रका नागरिकहरुलाई एक्लो भएको भन्ने हिनताबोध नगराउन र वृद्ध वृद्धाहरुलाई सम्मान गर्ने जस्ता कार्यक्रमहरुलाई पालिकाले प्राथमिकता दिएको थापाको दाबी छ ।

पालिकाले जारी गरेको सूचनामा वडाबाट अविबाहित भएको प्रमाणित पत्र,नेपाली नागरिकताको प्रमाणपत्र,२ प्रति फोटो ,बैङक खाता नम्बर र चेकबुकको प्रतिलिपी संगै बाबु आमा बाबुको नाम र मोवाइल नम्वर सहित निवेदन पेश गर्नुपर्ने छ ।

SHARE