आश्रमका आश्रितलाई माओवादी केन्द्रले खुवायो दर

0
110

भदौ ३१,२०८० रुपन्देही : महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीको संयोजनमा आज बिहान मानव सेवा आश्रममा ( बुटवल सुख्खानगर) आश्रितहरुलाई दर खुवाइएकोछ ।

आश्रमका ४० भन्दा बढी महिला तथा बालबालिकालाई दर खुवाइएको लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । माओवादी केन्द्रले शुरु गरेको विशेष रुपान्तरण अभियान कै दौरानमा रचनात्मक कार्यक्रम अन्तरगत आश्रममा सहयोग गरेको उनले बताए।

माइती हुने चेलीबेटी माइतमा दर खान जानु होला , घरबार बिहीनहरु कहाँ जाने ? पार्टी अभिभावक बन्न पर्छ भनेर सानो कोशेली दर खुवाएका हौं ।
बरालका अनुसार – घरबार बिहिनहरुको संरक्षणको दायित्व सबैको हो भन्ने सन्देश दिन मात्र खोजिएको बताए । पुर्ब मन्त्री समेत रहेका अध्यक्ष बरालले घरबार बिहिनको संरक्षणको पुर्ण दायित्व सरकारको रहने र मन्त्री हुँदा आश्रमको स्थायित्वको लागि काम सुरु गरेको स्मरण गरे ।

आश्रममा बिहान एक छाक दर खुवाउनुको साथै आर्थिक सहयोग पनि गरेको कोषाध्यक्ष निर्दोश अलिले जानकारी दिए । पार्टी समितिको संयोजनमा गरिएको कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष नारायण जिसि निर्मल, प्रदेश कमिटी सचिवालय सदस्य रिज्जु श्रेष्ठ, नगर कमिटी अध्यक्ष महेन्द्र भुसाल , वडा अध्यक्ष लाल बहादुर थापा स्वास्थ्य बिभागका नगर अध्यक्ष इन्द्र राइ लगायतको उपस्थित रहेको थियो ।

आश्रमको रुपन्देही जिल्ला संयोजक टीका थापाले तिजमा सम्झिएर दर खुवाउन आएकोमा धन्यवाद दिइन । रुपन्देहीको मणिग्राम पश्चिम पहुनीको आश्रममा १६० जना र बुटवल सुख्खानगर आश्रममा ४० जना गरि रुपन्देहीको आश्रममा २ सय जनाले आश्रय लिएरहेका छ्न । बुटवल आश्रममा महिला र बालबालिका रहेका छ्न ।

SHARE