
गुल्मीः गुल्मीदरबार गाउँपालिकाले असोज २ गते सार्बजनिक बिदा दिएको छ ।


महिलाहरुको महान पर्व हरितालिका तीज एवम् ऋषि पंचमीको अवसरमा भदौ २६ गतेको कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए ।

असोज २ गते गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था,बिद्यालय तथा संघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।