लुम्बिनी सहितका प्रदेशमा आज वर्षा

0
204
फाइल फोटो

भदौ ३०,२०८०काठमाडौं : सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।

राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।

SHARE